Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा


  • बुधबार, माघ १० २०८०
  • 676
    SHARES

    काठमाडौँ – विभिन्न प्रदेशमा बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

    यसै क्रममा कोशी प्रदेशमा मतदानस्थल लगायत सम्पूर्ण तयारी पुरा भएको निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ ।

    निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालय मतदान स्थलमा दुई वटा मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

    उनले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका लागि अलग–अलग मतदान केन्द्र निर्धारण गरिएको बताए । त्यसै गरी मतदान सकिएपछि मतगणना गरिने उनले बताए ।

    कोशी प्रदेशमा एक महिला र एक अन्य गरि २ पदका लागि निर्वाचन हुँदैछ । राष्ट्रिय सदस्य निर्वाचनमा प्रदेशसभाका ९३ र स्थानीय तहका प्रमुख÷उपप्रमुख २७४ गरि ३६७ जना मतदाता रहेका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख÷उपप्रमुखको मतभार १९ रहेको छ ।

    प्रकाशित : बुधबार, १० माघ २०८० , ०७:५९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend