logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

एमाले केन्द्रीय सचिवालय बैठक बस्दै

एमाले केन्द्रीय सचिवालय बैठक बस्दै


  • बिहिबार, पुष १८ २०८१
  • 455
    SHARES

    काठमाडौँ, १८ पुस :नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ । 

    पार्टी कार्यालय च्यासलमा आज (बिहीबार) दिउँसो साढे १२ बजे बस्नेगरी बैठक बोलाएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । 

    केन्द्रीय कमिटी बैठकका एजेन्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको उनको भनाइ छ । एमालेले केन्द्रीय समिति बैठक पुस २१ र २२ गते बस्ने तय भएको छ । 

    यसअघि पुस १० गते बसेको सचिवालय बैठकले भीम रावललाई पार्टीबाट निष्कासन गरेको थियो । 

    बैठकले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई पनि कारबाही गरेको थियो । दुवै जनालाई ६ महिनाका लागि जिम्मेवारीबाट हटाइएको हो ।

    प्रकाशित : बिहिबार, १८ पुष २०८१ , ०१:१५ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend