logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

राप्रपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

राप्रपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक


  • बिहिबार, पुष १८ २०८१
  • 416
    SHARES

    लोकसारथी, पुस १८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले प्रथम महाधिवेशनको टुङ्गो लगाउन केन्द्रीय कार्य समिति बैठक बोलाएको छ । 

    शुक्रबार बस्ने बैठकमा मुलुकको वर्तमान अवस्था, पार्टीको साङ्गठनिक अवस्था, भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, भ्रातृ सङ्गठनको क्रियाशीलता प्रशिक्षण, महाधिवेशन केन्द्रित राजनीतिक अभियानबारे छलफल हुने सहमहामन्त्री प्रदीप कार्कीले जानकारी दिए ।  

    बैठकमा पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक तथा महामन्त्री राजाराम बर्तौलाले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

    हालै तराई मधेस सम्मेलन सम्पन्न गरेको राप्रपाले यही २७ पुसमा राष्ट्रिय एकता दिवस मनाउने तयारी गरेको जानकारी पनि उनले दिए । 

    प्रकाशित : बिहिबार, १८ पुष २०८१ , ०५:४९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend