logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सर्वेन्द्र खनालले छाडे एमाले, अब स्वतन्त्र बस्ने घोषणा

सर्वेन्द्र खनालले छाडे एमाले, अब स्वतन्त्र बस्ने घोषणा


  • आइतबार, पुष २१ २०८१
  • 377
    SHARES

    लोकसारथि, २१ पुस, आइतबार । नेपाल प्रहरीको सेवाबाट अवकाश पाएपछि नेकपा एमालेको सक्रिय राजनीतिमा प्रवेश गरेका नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् ।

    सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै खनालले आफू अब कुनै दलसँग आबद्ध नरहेको जानकारी दिएका हुन् ।

    उनले स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरूलाई मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन । राष्ट्रघाती दोषीहरूलाई कानूनी कठघरामा पुर्‍याउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ । देश र जनताको हितका लागि सधैँ लडिरहनेछु ।’

    ३० वर्षे सेवा अवधिका कारण अवकाश भएपछि उनी २०७९ असोज ६ गते एमाले प्रवेश गरेका थिए ।

    एमाले प्रवेश गरे लगतै उनले एमालेबाट काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएका थिए । तर उनी रास्वपाका शिशिर खनालसँग पराजित भएका थिए ।

    त्यसपछि एमालेले उनलाई पुनः तनहुँमा भएको उपनिर्वाचनमा टिकट दिएको थियो । त्यहाँ पनि उनी रास्वपाका डा. स्वर्णिम वाग्लेसँग पराजित भएका थिए ।

    प्रकाशित : आइतबार, २१ पुष २०८१ , ०५:५२ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend