logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

मधेस प्रदेशसभाको अधिवेशन आजदेखि सुरु हुँदै

मधेस प्रदेशसभाको अधिवेशन आजदेखि सुरु हुँदै


  • मंगलबार, पुष २३ २०८१
  • 481
    SHARES

    जनकपुरधाम । मधेस प्रदेशसभाको चौथो अधिवेशन आज (मंगलबार) दिउँसो १ बजेदेखि सुरु हुँदैछ ।

    गत भदौ २९ गते बसेको प्रदेशसभाको तेस्रो अधिवेशनको बैठक लामो समयपछि बस्न लागेको हो ।

    बैठकमा प्राकृतिक स्रोत र साधन समितिको प्रतिवेदन पेस गरिने प्रदेशसभा सचिवालयका सचिव वासु कोइरालाले जानकारी दिए ।

    प्रदेशसभा बैठकको सबै तयारी पूरा भएकाे सचिवालयले जनाएकाे छ ।

    प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकमा विभिन्न दलका नेताहरूले शुभकामना दिने कार्यसूचीमा उल्लेख छ ।

    प्रकाशित : मंगलबार, २३ पुष २०८१ , ०३:४३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend