logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

देउवाको नामबाट सार्वजनिक विज्ञप्ति नक्कली भन्दै काँग्रेसको गम्भीर ध्यानाकर्षण

देउवाको नामबाट सार्वजनिक विज्ञप्ति नक्कली भन्दै काँग्रेसको गम्भीर ध्यानाकर्षण


  • सोमबार, पुष २९ २०८१
  • 442
    SHARES

    काठमाडौँ- नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नाममा नक्कली प्रेस विज्ञप्ति सार्वजनिक गरी सामाजिक सञ्जालमा भ्रम फैलाएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ।

    पार्टी मुख्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै उक्त गतिविधिबाट नेपाली राजनीति र गठबन्धन सरकारबारे अन्योल सिर्जना गर्न खोजिएको बताएका छन्।

    “नेपाली राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धन सरकारबारे अन्योल सिर्जना गर्दै जनतालाई दिग्भ्रमित गर्ने कुतसित उद्देश्यले सभापति देउवाको नामबाट नक्कली विज्ञप्ति विभिन्न सामाजिक सञ्जालमा प्रचार गरिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ।

    साथै, पार्टीले यस्ता गैर कानुनी गतिविधिमा संलग्नलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। यस्तै, यस्ता भ्रमपूर्ण गतिविधिबाट प्रभावित नहुन सबैमा अपिल समेत गरेको छ।

    प्रकाशित मिति: सोमबार, पुस २९,

    प्रकाशित : सोमबार, २९ पुष २०८१ , ०३:५८ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend