logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

लोसपा पार्टी एकता वार्ता गर्न नयाँ समिति गठन

लोसपा पार्टी एकता वार्ता गर्न नयाँ समिति गठन


  • आइतबार, माघ ६ २०८१
  • 1.6K
    SHARES

    काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पार्टी एकताको उद्देश्यले नयाँ वार्ता समिति गठन गरेको छ। पार्टीले आइतबार एक दुई सदस्यीय समिति गठन गरेको जानकारी पार्टी अध्यक्ष महन्थ ठाकुरले दिएका छन्।

    समितिमा वरिष्ठ सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्ल र वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्णलाई राखिएको छ। अध्यक्ष ठाकुरका अनुसार, नयाँ राजनीतिक परिस्थितिमा सहकार्य र एकताको प्रक्रिया छिटो र प्रभावकारी रूपमा अगाडि बढाउन यस समिति गठन गरिएको हो।

    वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्णले यस समितिको प्रमुख उद्देश्य मधेसमा क्रियाशील विभिन्न राजनीतिक दलसँग संवाद र सहकार्यको प्रक्रिया अगाडि बढाउनु रहेको बताए। कर्णका अनुसार, यस समितिले पहिले गठन गरिएको समितिले गरेका कामहरूको पनि अपनत्व लिई वार्ता प्रक्रिया अघि बढाउने छ।

    “हामी यथाशीघ्र सहकार्य र एकतालाई निष्कर्षमा पुर्‍याउनका लागि काम गर्ने छौं,” कर्णले भने। यसअघि, पुस २१ मा पार्टीका नेता जितेन्द्र सोनलको नेतृत्वमा गठन गरिएको वार्ता समिति खारेज गरिएको लोसपाले जनाएको छ।

    यस समितिको गठनले लोसपाले मधेसमा आफूलाई बलियो बनाउन र अन्य दलहरूसँगको सहकार्य र एकतालाई नयाँ दिशा दिनको लागि महत्त्वपूर्ण कदम चालेको मानिएको छ।

    प्रकाशित : आइतबार, ६ माघ २०८१ , ०९:४० बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend