logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

सरकार ढल्छ भन्नु विपक्षीको छटपटी मात्र हो : प्रदीप ज्ञवाली

सरकार ढल्छ भन्नु विपक्षीको छटपटी मात्र हो : प्रदीप ज्ञवाली


  • आइतबार, माघ ६ २०८१
  • 494
    SHARES

    पर्वत – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकार ढल्छ भन्ने विपक्षीको भनाइलाई केवल छटपटीको उपज भनेका छन्। पर्वतमा आइतबारबाट सुरु भएको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकार २०८४ सालसम्म टिक्ने दाबी गरे।

    ‘सरकार ढुक्कसँग तीन वर्षसम्म चल्ने भएपछि विपक्षी दलहरूमा छटपटाहट देखिएको हो,’ उपमहासचिव ज्ञवालीले भने। उनले नेपाली कांग्रेस र एमालेबीचको सहकार्यलाई विशेष सहमति भनी वर्णन गर्दै मुलुकको संकट समाधानका लागि दुई ठूला दलहरू एकजुट भएको बताए।

    सरकार कुनै पनि संकटमा नपर्ने र सरकारलाई अस्थिर बनाउनका लागि गरिएका चलखेलहरू असफल हुने उनको दाबी छ। ‘कांग्रेस र एमालेबीचको सहकार्य मुलुक सञ्चालनका लागि हो, हामी केवल प्रतिस्पर्धी मात्र होइन, सहयात्री पनि हौं,’ ज्ञवालीले भने।

    सरकारले ल्याएको अध्यादेश संविधानसम्मत रहेको र यसले सरकारको आयुसँग कुनै सम्बन्ध नरहेको उल्लेख गर्दै ज्ञवालीले अध्यादेश मुलुकमा तत्काल देखिएका समस्या समाधान गर्नकै लागि ल्याइएको बताए।

    भ्रष्टाचारविरुद्ध सरकार कठोर रूपमा अघि बढिरहेको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले जुनसुकै दलका व्यक्ति भए पनि कानूनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरे। ‘भ्रष्टाचार कुनै सिद्धान्त होइन, यो मुलुकका लागि अभिशाप हो। सरकार यसविरुद्ध निर्मम ढंगले कारबाही गर्दै छ,’ उनले भने।

    प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन
    एमाले केन्द्रीय कमिटीको कार्यक्रमअनुसार पर्वतमा सुरु भएको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा एक सयभन्दा बढी नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ। कार्यक्रमले पार्टीको संगठनात्मक र वैचारिक सुदृढीकरणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    प्रकाशित : आइतबार, ६ माघ २०८१ , ०१:२० बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend