logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

रवि लामिछानेलाई परिवारको जिम्मामा छाडियो, थुनछेक बहस बिहीबार

रवि लामिछानेलाई परिवारको जिम्मामा छाडियो, थुनछेक बहस बिहीबार


  • बुधबार, माघ ९ २०८१
  • 1.1K
    SHARES

    लोकसारथि, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दामा बुधवार अदालतमा उनको बयान सकिएको छ। अदालतमा मुद्दा दर्ता भएपछि बुधवार बिहान अदालतमा उपस्थित भएका लामिछाने न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा दिउँसो एक बजेदेखि सुरु भएको बयान साँझ करिब ५ बजे सकिएको छ।

    बयान सकिएर थुनछेक बहसका लागि समय नहुँदा बिहीबार बिहान साढे १० बजे उपस्थित हुनेगरी लामिछानेलाई उनको परिवार (श्रीमती निकिता पौडेल लामिछाने) र कानुन व्यवसायीको जिम्मा लगाएर पठाइएको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ती ज्ञवालीले बताए।करिब ६ बजे अदालतबाट होटलमा बास बस्नका लागि बाहिरिएका लामिछानेविरुद्ध मुद्दामा थुनछेक बहस बिहीबार बिहानदेखि सुरु हुने बताइएको छ।

    प्रकाशित : बुधबार, ९ माघ २०८१ , ०१:०८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend