logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

प्रचण्ड दाङमा, खबरदारी सभालाई सम्बोधन गर्दै

प्रचण्ड दाङमा, खबरदारी सभालाई सम्बोधन गर्दै


  • शुक्रबार, माघ ११ २०८१
  • 572
    SHARES

    दाङ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न दाङ पुगेका छन् । उनले आज तुलसीपुरको अरनिको मैदानमा हुने पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    बिहान तुलसीपुरको बटोलपुरमा सहिद परिवारसँग भेटघाट गरी त्यही खाना खाएर सभामा सहभागी हुने कार्यक्रम तय भएको छ । अध्यक्ष प्रचण्डले तुलसीपुरको सभापछि सहिदस्मृति आवासीय माविमा पुगेर सहिद सन्ततिसँग भेटघाट गर्ने र साझ घोराहीमा उद्योगी व्यापारीसँगको भेटघाट तय भएको छ । अध्यक्ष प्रचण्ड भोलि घोराही र देउखुरीमा हुने कार्यक्रमलाई सम्बोधन गरी काठमाडौं फर्कने कार्यक्रम छ ।

    प्रकाशित : शुक्रबार, ११ माघ २०८१ , ०५:४६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend