logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

एमालेभित्र रुवाबासी छ: अध्यक्ष प्रचण्ड

एमालेभित्र रुवाबासी छ: अध्यक्ष प्रचण्ड


  • शुक्रबार, माघ ११ २०८१
  • 1.1K
    SHARES

    लोकसारथि, ११ माघ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेभित्र अहिले रुवाबासी चलिरहेको बताएका छन्।

    दाङको तुलसीपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेभित्र निरंकुशता हावी भएको आरोप लगाए। उनले माओवादीप्रतिको आकर्षण देशभरि बढिरहेको दाबी गर्दै धेरै नेता तथा कार्यकर्ता माओवादी प्रवेश गर्ने लहरमा रहेको बताए।

    अध्यक्ष प्रचण्डले भने, “अहिले माओवादी प्रवेश गर्ने लहर नै चलेको छ। ७७ वटै जिल्लाबाट माओवादीमा प्रवेशको तयारी भइरहेको छ। कतिपय ठाउँमा सिंगै पार्टी माओवादीमा आउने भएको छ। ठूलो संख्यामा एमालेका नेताहरू माओवादी प्रवेश गर्ने तयारीमा छन्।”

    उनले हालै माओवादीको बैठक बसेको समय एमालेभित्र पनि बैठक भइरहेको उल्लेख गर्दै उक्त बैठकमा कारबाही, असन्तुष्टि र उकुसमुकुसको अवस्था रहेको सुनाए।

    “हाम्रो बैठक चल्दै गर्दा एमालेको पनि बैठक थियो। त्यहाँ कारबाहीका कुरा, रुवाबासी, निरंकुशता देखियो। भीम रावल, विन्दा पाण्डे, उषाकिरणलाई कारबाही गरिएको छ। अझ बढी बोले थप कारबाही गर्छु भनेर ओलीले धम्की दिएको कुरा सुन्नुभएको होला,” प्रचण्डले भने।

    उनले माओवादी आन्दोलनले फेरि बलियो आकार लिँदै गरेको उल्लेख गर्दै जनताको समर्थन अझै माओवादीप्रति बढ्दै गएको दाबी गरे। खबरदारी सभामा प्रचण्डको भाषणले स्थानीयस्तरमा चर्चा पाएको छ।

    प्रकाशित : शुक्रबार, ११ माघ २०८१ , १२:०८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend