logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

१४औं वार्षिक साधारण सभा गर्दै वीरगाथा सहकारी

१४औं वार्षिक साधारण सभा गर्दै वीरगाथा सहकारी


  • सोमबार, साउन १५ २०८०
  • 390
    SHARES

    रुपन्देही । बुटवल–९ स्थित वीरगाथा बचत तथा ऋण सहकारी संस्था १४ औं वार्षिक साधारण सभा गर्ने तयारीमा छ । २०६६ सालमा स्थापना भएको उक्त सहकारीले यही २०८० साल असोज ६ गते शनिवारका दिन वार्षिक साधारण सभा गर्न लागेको हो । सो सम्बन्धमा सम्पूर्ण विवरण खुलाई आज १५ गते व्यवस्थापकले सूचना निकालेका छन् । असोज ६ गते साधारण सभा आयोजन गर्ने भनि सञ्चालक समितिको श्रावण १० गतेको मासिक बैठकले निर्णय गरेको थियो ।

    साधारण सभामा छलफल तथा अनुमोदनका लागि प्रस्तुत गर्नुपर्ने सल्लाह, सुझावहरु भएमा सदस्यहरुबाट संकलन गर्ने उद्देश्यले सदस्य सहभागिता सहितको विस्तारित बैठक बस्ने सूचनामा उल्लेख छ ।

    उक्त विस्तारित बैठक यही श्रावण २१ गते आइतबार सिद्धार्थ कटेजमा बिहान ११ बजे बस्ने भएको छ । २१ गतेको विस्तारित बैठकमा सहभागी भइ आफ्ना सल्लाह सुझावहरु राख्न इच्छुक सदस्यहरुले श्रावण १९ गतेसम्म Birgatha Braves मेसेन्जर ग्रुप च्याट मार्फत अथवा मोबाइल नं. ९८६४४५३०५४ मा मेसेज गरेर नाम टिपाउन सक्ने छन् ।

    प्रकाशित : सोमबार, १५ साउन २०८० , ०८:५७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend