रुपन्देही । नेपाल सरकारले इन्धनको मूल्य बढाएको छ । भारतले इन्धनको मूल्य बढाएसङ्गै नेपालमा पनि पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढेको हो । खाना पकाउने ग्यासको मूल्य भने नेपाल सरकारले घटाएको छ।
मंगलबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ भने ग्यासको घटाएको हो।
निगमले मंगलबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा ९ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ७ रूपैयाँ बढाएको छ। त्यस्तै खाना पकाउने ग्यासको भाउ सिलिन्डरमा १३० रूपैयाँ घटाएको छ।
नेपाल भर लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको र ग्यासको घटाएको हो। अब जनताले पाउने सास्तीमा वृद्धि हुने देखिएको छ । इन्धनको भाव बढ्दा त्यसले उद्योगी, व्यापारीहरुलाई फाइदा गर्छ भने इन्धन मूल्यमा वृद्धि हुनासाथ अन्य अत्यावश्यक उपभोग्य वस्तुहरुको पनि मूल्य बढ्ने भएकाले आर्थिक अवस्था कमजोर हुनेहरुका लागि यो शुभ समाचार भने होइन । नेपालसँग अर्काे विकल्प नभएकाले जनतालाई सास्ती हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि मूल्य वृद्धि गर्नुपर्ने बाध्यता छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
