logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

103 जना काल्पनिक ऋणि बनाइ तीन करोड हिनामिना गरेका प्रबन्धक पक्राउ

103 जना काल्पनिक ऋणि बनाइ तीन करोड हिनामिना गरेका प्रबन्धक पक्राउ


  • आइतबार, असोज १४ २०८०
  • 416
    SHARES

    काठमाडौं । भिमाद नगरपालिका–९ सखेपस्थित भानुमति साना किसान कृषि सहकारी संस्था लिमिटेडका सोही वडा निवासी ५२ बर्षीय प्रवन्धक चुत्रबहादुर थापालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो।
    उनीमाथि विभिन्न मितिमा संस्थाको सेयर रकम, बचत रकम र १३० सेयर सदस्यको नाममा काल्पनिक ऋण लगानी गरेको देखाई रकम हिनामिना गरेको आरोप छ। प्रबन्धकले आफुले चिनेका जानेका र आफन्ति को खाताबाट एक्षिकबचत, सेभिङ खाता लगायत दुप्लिकेट तरिकाले अरुको हस्ताक्षर गरेर ब्यक्तिको नाममा रह्को रकमको हिनामिना गरेका छन्।

    थापाले सहकारीको दुई करोड ६९ लाख ७१ हजार ९६६ रुपैयाँ हिनामिना गरेको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।
    रकम हिनामिना गरेको जाहेरी परेपछि तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई उनीमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

    नैतिकता नभएका बैंकका कर्मचारीहरुले यस्तैगरी कति रकम हिनामिना गरेका छन्, त्यसको लेखाजोखा नै छैन । छानबिन, अनुसन्धान गर्ने हो भने गोपनीय ढंगले भएका भ्रष्टाचारको खुलासा हुँदै जाने निश्चित छ । चरित्रहीन बैंक कर्मचारीहरुका कारण बैंक वा वित्तीय संस्थाहरुमाथिबाट विश्वास गुमिरहेको अवस्था छ ।

     

    प्रकाशित : आइतबार, १४ असोज २०८० , ०४:१६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend