logo

सोमबार, ११ साउन २०८३

सोमबार, साउन ११ २०८३

नबिल बैंकमा लगानी गरेका विनाेद चाैधरीले श्रीलंकाकाे यूनियन बैंक पनि किने

नबिल बैंकमा लगानी गरेका विनाेद चाैधरीले श्रीलंकाकाे यूनियन बैंक पनि किने


  • आइतबार, असोज १४ २०८०
  • 442
    SHARES

    काठमाडौं । विनाेद चाैधरी अध्यक्ष रहेकाे बहुर्राष्ट्रिय कम्पनी सिजी ग्लाेबल कर्पले श्रीलंकाकाे यूनियन बैंक अफ काेलम्बाेकाे स्वामित्व ग्रहण गरेकाे छ। काेलम्बाे स्टक एक्सचेञ्जमा सूचीकृत याे बै‌ंककाे मुख्य प्रवर्द्धक टिपिजी एशिया भिआइ प्रालिकाे अधिनमा रहेकाे सबै शेयर खरिद गर्दै सिजी काेर्पले सिजी क्यापिटल पार्टनर्स ग्लाेबल प्रालिमार्फत् यूनियन बै‌ंकमा ७० प्रतिशत हिस्सेदारी कायम गरेकाे हाे ।

    चाैधरी समूह र रविभक्त श्रेष्ठकाे एनइ ग्रुपकाे संयुक्त लगानी रहेकाे सिजी क्यापिटल पार्टनर्स ग्लाेबल प्रालि सिंगापुरमा दर्ता रहेकाे लगानी कम्पनी हाे ।१ डिसेम्बर २०२२ मा नै युनियन बैंककाे ७०‍.८४ प्रतिशत हिस्सा अर्थात् ७६ लाख ८० हजार कित्ता शेयर सिजी क्यापिटलले शेयर खरिद गर्न समझदारी भएपनि लामाे प्रकृया पछि बल्ल शेयर स्वामित्व हस्तान्तरण भएकाे हाे । शेयर खरिद बिक्री सम्बन्धमा कोलम्बो स्टक एक्सचेन्ज (सीएसई) मा १० सेप्टेम्बरमा युनियन बैंकले घोषणा गरि सकेकाे छ।

    यसकाे शेयर काराेबार मूल्य बुधबार स्थानीय मुद्रा अनुसार ११ रुपैयाँ १० पैसा कायम रहेकाे थियाे ।

    याे खरिद बिक्री कति रकममा भएकाे भन्नेबारे केही खुलाईएकाे छैन । श्रील‌ंकाली सञ्चारगृह सिलन टुडेकाे ३ डिसेम्बर २०२२ काे अनलाइन संस्करणमा उल्लेख भए अनुसार चाैधरी समूहले यूनियन बैंकमा १० कराेड अमेरिकी डलर लगानी गर्न चाहेकाे उल्लेख छ। सिलन टुडेले चाैधरी समूहका अध्यक्ष विनाेद चाैधरी र युनियन बैंकका पूर्व अध्यक्ष थिलक डि सिल्भाबीच अन्य व्यापारमा समेत साझेदारी रहेकाले बै‌ंककाे शेयर खरिदकाे डिल संभव भएकाे हाे ।

    प्रकाशित : आइतबार, १४ असोज २०८० , ०५:१६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend