Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

बैंकमा चार करोडको ऋण, श्रीमतीको किड्नी फेल त्यस माथि २५ वर्षको लगानी खरानी

बैंकमा चार करोडको ऋण, श्रीमतीको किड्नी फेल त्यस माथि २५ वर्षको लगानी खरानी


  • आइतबार, असोज २१ २०८०
  • 455
    SHARES

    बुटवल  । जनकपुर उपमहानगरपालिका– ९, रामानन्द चोकमा रहेको ‘जनकपुर बिग मार्ट’मा गएराति भीषण आगलागी भएको छ ।

    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राति सवा १ बजे बिजुली सर्ट भएर लागेको आगो सात घण्टापछि बिहान करिब ७ः१५ बजेतिर मात्रै नियन्त्रणमा आएको थियो । आगलागी भएको करिब आधा घण्टामै बारुणयन्त्र घटनास्थलमा पुगे पनि मार्टमा लुगाकपडा धेरै भएकाले नियन्त्रणमा लिन कठिन भएको थियो ।

    राससका अनुसार सञ्चालक रामबाबु रायको मार्टमा सम्पूर्ण सामान जलेर नष्ट भएको र तेस्रो तलामा समेत क्षति पुगेकाले रु. १० करोडभन्दा बढीको सम्पत्ति क्षति भएको  छ । उनी मार्टको दोस्रो तल्लामा परिवारसहित बसोबास गरेकोमा वैकल्पिक बाटोका कारण भागेर ज्यान जोगाउन सकिएको बताए ।

    ‘क्षणभरमै जल्यो सम्पत्ति’ 

    सर्लाहीको मलङ्गवा नगरपालिका—११ स्थायी ठेगाना भएका राय विगत २५ वर्षदेखि व्यापारिक कारोबारमा संलग्न थिए । सुरुमा उनले काठमाडौँमा ‘डोर टु डोर’ अर्थात घरघरमा गएर सामान बेच्ने काम गरे र पछि अरुकै पसलमा बजार व्यवस्थाकका रुपमा काम गरे ।

    सर्लाहीबाट झोला भिरेर काठमाडौँ छिरेका रायले केही समय अरुको पसलमा काम गर्न सिकेपछि आफ्नै व्यापार सुरु गरेका हुन् । “म शून्य लगानीबाट उठेको मान्छे हुँ । सुरुमा काठमाडौँका घरघरमा गएर सामान बेचेँ । त्यसपछि काठमाडौँबाहिर जिल्ला जिल्लामा गएँ । त्यसबाट केही पैसा आर्जन गरेपछि सानो पसल, होलसेल, रिटेल र डिपार्टमेन्ट स्टोरसम्म पुगेँ”, भावविह्वल हुँदै रायले भने, “तर २५ वर्षसम्म गरेको मेहनत र लगानी एकै रातमा सखाप भयो । झोला बोकेर घरबाट निस्केको थिएँ, अहिले फेरि सडकमा आएँ ।”

    व्यापारमा संलग्न भएको २५ वर्षमध्ये करिब १५/१६ वर्ष उनले काठमाडौँको न्यूरोडस्थित रञ्जना हाउस र महाबौधबाट व्यापार गरे । तर विसं २०७२ को गोर्खाभूकम्पपछि व्यापारमा मन्दि भएपछि जनकपुर झरेका रायले यहाँ रामानन्द चोक नजिकै कपडा व्यापार सुरु गरे । छोटो समयमा व्यापार राम्रो हुँदै गएपछि आफ्ना सबै व्यापार बन्द गरेर रायले सम्पूर्ण लगानी हाल डिपार्टमेन्ट स्टोर समेत रहेको घरमा लगानी गरे ।

    “म एकै पटक ठूलो लगानी गरेर आएको होइन । स–सानो व्यापारबाट ठूलो, त्यसैबाट कमाएको पैसाले ‘लज’ चलाइरहेको थिएँ तर भूकम्पपछि कारोबारमा गिरावट आएपछि जनकपुर आएको हुँ । यहाँ आएपछि अरु सबै व्यापार छाडेँ । भएको सम्पत्ति बेचेर करिब तीन करोडमा यही घर र व्यापारमा लगानी गरेँ तर एकरातमा सबै सखाप भयो”, रायले भने । रायले यही व्यापारलाई बढाउन काठमाडौँको थानकोटमा रहेको चार आना जग्गा, लज र अरु सबै जायजेथा बेच्नुका साथै सिद्धार्थ बैंक शाखा जनकपुरबाट रु. तीन करोड ६५ लाख ऋण (लोन) लिएको बताए ।

    ‘पीडामाथि पीडा’ 

    रायलाई व्यापारमा हिम्मत गर्न सघाउने उनकी श्रीमती थिइन् । उनले बाहिर र श्रीमतीले पसल सम्हाल्ने काम गरिरहेका थिए । “घरबार राम्रै चलिरहेको थियो, श्रीमतीले यो सबै हिम्मत दिएकी हुन् तर डेढ वर्षअघि अचानक श्रीमतीको दुई वटै किड्नी फेल भयो । त्यसपछि हाम्रो दुःखका दिन सुरु भए । आठ दिनअघि मात्रै श्रीमतीको उपचार भएको थियो । अब त केही सहज होला भनेको फेरि यो बज्रपात आइलाग्यो”, रायले आफ्नो पीडा सुनाए ।

    जनकपुरमा केही वर्षदेखि सबै क्षेत्रका व्यापारमा मन्दी छ । त्यसको असर रायले पनि भोगे । सडक विस्तार, आन्दोलन, कोरोना र आर्थिक मन्दिले समस्या भोगेका उनी दसैँ आएपछि केही भए पनि राहत होला भन्ने आशामा थिए । त्यसैलाई मध्यनजर गरी केही दिनअघि मात्रै नयाँ सामान ल्याएका थिए ।

    “समस्या थियो तर पनि हिम्मत हारेको थिइन । राम्रा दिन आउने आशामा बसिरहेको थिएँ । दसैँ तिहारले केही राहत होला भनेर ऋण गरेर सामान थपेँ तर अब त उठ्नै नसक्ने गरी सम्पत्ति र सबै सपना खरानी भए”, गम्छाले टिलपिलाएका आँसु पुछ्दै रायले भने, “भगवान १ पीडामाथि पीडा किन दिएको ? अब के गरेर खानु ? कसरी ऋण तिर्नु कुनै विकल्प रहेन मसँग ।”

    सबैभन्दा दुःखको कुरा त रायले बैंकबाट ऋण लिँदा गरिने बीमाबाहेक सामानको बीमासमेत गराएका छैनन् ।

    “जायजेथा बेँचेर लगानी बढाएँ । २५ वर्ष पसिना बगाएँ । काठमाडौँबाट भूकम्पले विस्थापित गर्याे, फेरि उठ्न खोज्दै थिएँ । जनकपुरले त उठिबास् नै लगायो, अब कहाँ जाने, कसरी उठ्ने ? ” रायले निराशा पोखे ।

    प्रकाशित : आइतबार, २१ असोज २०८० , ०३:४३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend