Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

दशैं पर्व सुरु, आज घटस्थापना, पशुको होइन दानव स्वभावको बलि दिइनु पर्दछ

दशैं पर्व सुरु, आज घटस्थापना, पशुको होइन दानव स्वभावको बलि दिइनु पर्दछ


  • आइतबार, असोज २८ २०८०
  • 1.8K
    SHARES

    निर्दाेष पशुको हत्या गरेर होइन आफू भित्रको दानव स्वभावको बलि दिएर धर्म हुन्छ ।

     

     

    महान चाड बडादशैंको  ‘नवरात्रि पर्व’ आजबाट सुरु भएको छ । बडादशैंको पहिलो दिनलाई “घटस्थापना” भनिन्छ जुन असोज महिनाको चन्द्रमाको  शुक्ल प्रतिपदाको पहिलो दिनमा पर्छ।

    घटस्थापनाका दिन वैदिक विधिअनुसार दियो (तेल बालेको दियो), कलस (शुभ भाँडो) र भगवान गणेशको पूजा गर्छन् र माटो र गाईको गोबरले भरिएको भाँडोमा जमराका लागि मकै र जौको बीउ छरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समिति अनुसार घटस्थापनाको शुभसाइत आज बिहान ११ बजेर २९ मिनेटमा रहेको  छ । हनुमानढोका दशैं घरमा पनि आज वैदिक विधि अनुसार शुभ “जमरा” को अंकुरण आरम्भ गरिएको छ ।

    ‘जमरा’ को अंकुरण शुरु गर्दा पशुबलि दिने चलन पनि छ ।  धेरै विश्लेषक एवं विद्ववानहरुले बलिप्रथालाई प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिदै आएका छन् । माँ दुर्गाको भक्ति, पूजाआजामा समर्पण भावले मानिस भित्र रहेको पशुता अर्थात् पशुतुल्य स्वभावको त्याग नै बलि हो भनिएको छ न कि निर्दाेष पशुको हत्या । हाम्रा पुर्खाहरुले केही कुराको अभ्यासलाई वैज्ञानिक ढंगबाट प्रचलनमा ल्याएका थिए तर पछिल्लो पुस्ताले त्यसको अन्य अर्थ लगाउँदै फरक खालको क्रूर, अनैतिक र अमानवीय व्यवहारलाई नै धर्म भनी बुझेका छन् । मानव सृष्टिकै सबैभन्दा सर्वश्रेष्ठ प्राणी हो जसको उत्तरदायित्व भित्र सम्पूर्ण पशु, पंक्षी, बोट विरुवा लगायतका वातावरणको संरक्षण र सुरक्षा प्राथमिकतामा पर्नुपर्दछ । परन्तु स्थिति नितान्त फरक छ । प्रकृतिको दोहन गरेर , निर्दाेष पशु पंक्षी माथि अत्याचार अन्याय गरेर त्यसलाई धर्मसँग जोडिनु बुद्धिमता हुन सक्दैन ।

    आज  नवरात्रि प्रारम्भ भएको दिन दशैँघरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गरिन्छ । बडादशैंको दिन आमाबुवाले आफ्ना छोराछोरीलाई र जेष्ठले आफ्ना छोराछोरीलाई जमरा र शुभ टिका शान्ति, समृद्धि र सुखको आशीर्वादका साथ दिन्छन्। नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको जानकारी अनुसार यस वर्ष टीका ग्रहणको शुभ साइत बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।

    आज शक्तिकी देवी दुर्गा भवानीको पूजा आराधना गरिन्छ । दानवहरूको अत्याचारले मानव मात्र होइन देवताहरू पनि दुःखी भएको पुराणमा उल्लेख छ । त्यसपछि देवताहरू ब्रह्माकहाँ गए र समाधान मागे। तब ब्रह्माले भने राक्षस दैत्यराजलाई कुमारी कन्याले मात्रै वध गर्न सक्छिन् । यसपछि ब्रह्मा, विष्णु, महेश लगायत सबै देवताहरूले आफ्नो शक्ति एक ठाउँमा केन्द्रित गरे र त्यही शक्तिबाट देवी दुर्गा भवानीको जन्म भयो। उनै दुर्गा भवानीले असुर, दैत्यहरुको संहार गर्नुभयो ।

    दुर्गा भवानीले दैत्यहरुको संहार त गर्नुभयो, ती दानवहरु समाप्त भए तर प्रत्येक मानिसमा तिनै दानवहरुको बास छ । अर्थात् आजभोलि मानिसहरुको दानव स्वभाव भएको छ । यही दानव स्वभावको त्याग गरिनु पर्दछ अर्थात् दानव स्वभावको बलि दिइनु पर्दछ भनेर हाम्रा धर्म शास्त्र, पुराण, पुर्खाहरुले निर्देशन दिएका छन् जसको अक्षरशः पालन गर्नु मानव जातिको कर्तव्य हो ।

    नवदुर्गा सनातन धर्ममा, देवी दुर्गा, जसलाई आदिशक्ति जगत जननी जगदम्बा पनि भनिन्छ, देवी दुर्गाका नौ मुख्य रूपहरू छन्, जसको विशेष पूजा  गरी नवरात्रि र अन्य समयमा भक्ति गरिन्छ। यी नौ दुर्गा देवीहरूलाई पाप पाप नाशिनी (नाश गर्ने) भनिन्छ, प्रत्येक देवीसँग फरक-फरक सवारी साधन, हतियार छन् तर ती सबै एउटै हुन् र शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कंदमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री सबै परम देवी दुर्गाबाट प्रकट भएका हुन्।

    प्रकाशित : आइतबार, २८ असोज २०८० , ०७:१० बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend