Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

भाटभटेनी सुपरमार्केटले भूकम्प पीडितलाई एक करोड ११ लाख ११ हजार १११ सहयोग गर्ने

भाटभटेनी सुपरमार्केटले भूकम्प पीडितलाई एक करोड ११ लाख ११ हजार १११ सहयोग गर्ने


  • आइतबार, कार्तिक १९ २०८०
  • 312
    SHARES

    काठमाडौं । भाटभटेनी सुपरमार्केटले जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेका नागरिकको उद्धार, उपचार तथा व्यवस्थापनका लागि एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

    भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले विपदमा परेका नागरिकको उद्धार सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै पीडित नागरिकलाई भाटभटेनीका तर्फबाट सहयोगको घोषणा गरिएको बताए । “गएराति गएको भूकम्पमा परेर जति पनि नेपाली दाजुभाइ दिदीबहिनीको मृत्यु भएको छ, त्यसप्रति हामी निकै दुःखी छौँ,” गुरुङले भने, “दुःखको यस घडीमा हामी पीडित नागरिकसँगै छौँ भन्ने सन्देश दिन चाहन्छौँ । त्यसैले हामीले यो सहयोग गरेका हौँ ।”

    घोषणा गरिएको रकम सरकारी राहत कोषमार्फत् प्रदान गरिने भएको छ । साथै गुरुङले यसबाहेक खाद्यान्नसहित अन्य कुनै प्रकारका सहयोग आवश्यक परेमा आफूहरुले उपलब्ध गराउने प्रतिवद्धता पनि जनाए ।

    “हामीले खाद्यसहित अन्य सहयोग आवश्यक परेमा त्यसका लागि पनि तयार छौँ,” उनले भने । उनले भूकम्पमा परेर ज्यान गुमाएका १५७ जनाप्रति भावपूर्ण श्रद्धान्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासहित सहयोगको हात बढाएको बताए ।

    यसअघि भाटभटेनीले कोरोनाबाट आक्रान्त नेपालीको उपचारका लागि कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गरेका थिए । त्यसबाहेक सातै वटा प्रदेश सरकारलाई पनि २५–२५ लाखका दरले सहयोग उपलब्ध गराएका थिए ।
    त्यसअघि पनि मोरङ, सुनसरीलगायतका जिल्लामा गएको बाढीमा परेका नागरिकको लागि पनि सहयोग गरेको थियो ।

    प्रकाशित : आइतबार, १९ कार्तिक २०८० , ०१:३९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend