Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

जग्गा रजिस्ट्रेसनको रकम गायब, नायब सुब्बा किरणप्रसाद विरुद्ध ५,५५,१९,९७५ रुपैयाँ बिगो माग

जग्गा रजिस्ट्रेसनको रकम गायब, नायब सुब्बा किरणप्रसाद विरुद्ध ५,५५,१९,९७५ रुपैयाँ बिगो माग


  • सोमबार, कार्तिक २० २०८०
  • 312
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोमबार अख्तियारले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    आर्थिक वर्ष ०७१/०७२ मा जग्गा किनबेचका क्रममा रजिस्ट्रेसन तथा पुँजीगत लाभकरबापतको रकम दाखिला नगरी हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको छ ।

    तत्कालीन मालपोत अधिकृत हरिनायण मिश्रसहितले एउटै रजिस्ट्रेसनमा एकभन्दा बढी लिखत पारित गरी रकम हिनामिना गरेको अख्तियारले जनाएको छ । उनीविरुद्ध दुई करोड नौ लाख ३१ हजार ६४७ रुपैयाँ बिगो कायम गरी अख्तियारले दोब्बर जरिवाना र कैद सजाय माग गर्दै मुद्दा दायर गरेको छ ।

    पर्सा मालपोत कार्यालयका अर्का अधिकृत भूपबहादुर बोगटीलाई पनि विपक्षी बनाइएको छ । बोगटीविरुद्ध एक करोड ४९ लाख ६९ हजार १४५ रुपैयाँ बिगो कायम गरी त्यसको दोब्बर जरिवाना मागदाबी गरिएको छ ।

    अर्का अधिकृत गोपालबहादुर ढुंगानाविरुद्ध ३५ लाख ४५ हजार ९५० रुपैयाँ बिगो कायम गरी दोब्बर जरिवाना दाबी गरिएको छ । यस्तै, अर्का अधिकृत पदमप्रसाद अर्यालविरुद्ध १६ लाख ८१ हजार ६०० रुपैयाँ बिगो कायम गरी दोब्बर जरिवाना दाबी गरिएको छ ।

    अर्का मालपोत अधिकृत चन्द्रबहादुर भण्डारीविरुद्ध दुई लाख ४४ हजार ४६२ रुपैयाँ बिगो कायम गर्दै दोब्बर जरिवाना दाबी गरिएको छ । अर्का मालपोत अधिकृत कमोद तिवारीविरुद्ध एक करोड ४१ लाख ४७ हजार १७१ बिगो कायम गरी दोब्बर जरिवाना दाबी गरिएको छ ।

    मृत्यु भइसकेका तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्यायविरुद्ध पाँच करोड ५५ लाख १९ हजार ९७५ रुपैयाँ बिगो कायम गरी उनका छोराहरूबाट असुल गर्न मागदाबी गरिएको छ । उपाध्यायका छोराहरू राजकिशोरप्रसाद,  गौतमप्रसाद, पशुपतिप्रसाद र मुरारीप्रसाद उपाध्ययलाई पनि बिगो असुलउपरका निम्ति विपक्षी बनाएको छ ।

    प्रकाशित : सोमबार, २० कार्तिक २०८० , ०४:०२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend