Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १८ करोड ३७ लाख जम्मा

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १८ करोड ३७ लाख जम्मा


  • शुक्रबार, मंसिर ८ २०८०
  • 299
    SHARES

    काठमाडौं । भूकम्प प्रभावितको लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १८ करोड ३७ लाख ३७ हजार १३६ रुपैयाँ जम्मा भएको छ । विभिन्न संघसंस्था तथा व्यक्तिहरूले उक्त रकम जाजरकोट भूकम्पपीडितका लागि जम्मा गरेका हुन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उक्त रकम कात्तिक १८ गतेदेखि मंसिर ७ गतेसम्मको अवधिमा कोषमा जम्मा भएको हो ।

    कात्तिक १७ गते जाजरकोटलाई केन्दविन्दु बनाई ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण संरचनाहरू भत्किँदा जाजरकोट र सुदूरपश्चिममा १५४ जनाको मृत्यु भएको थियो ।

    भूकम्पले १३ जिल्लामा ६२ हजार ६२ घरमा क्षति गरेको थियो ।

    प्रकाशित : शुक्रबार, ८ मंसिर २०८० , ०१:०३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend