Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

भूकम्पमा परी ज्यान गुमाएका सबै परिवारलाई नगद राहत वितरण

भूकम्पमा परी ज्यान गुमाएका सबै परिवारलाई नगद राहत वितरण


  • सोमबार, मंसिर ११ २०८०
  • 260
    SHARES

    रुकुम(पश्चिम) आठबिसकोट नगरपालिका र सानिभेरी गाउँपालिकामा भूकम्पमा ज्यान गुमाएका ५४ जना मृतकका परिवारलाई नगद राहत रकम वितरण गरिएकाे छ । भूकम्पमा परी मृत्यु भएका रुकुम पश्चिमका सबै मृतकका परिवारलाई नगद राहत रकम वितरण गरिएको हो ।

    यस अघि ४७ जना परिवारले नगद राहत रकम प्राप्त गरे पनि कागजात मिलाउन बाँकी रहेका ७ जना मृतकका परिवारले नगद राहत रकम पाएका थिएनन  । कागजात मिलाउने प्रक्रिया पुरा भएपछि मङसिर ११ गते मृतकका सबै परिवारले नगद राहत प्राप्त गरेका हुन् ।

    सानीभेरी गाउँपालिकाका १० जना मृतकका ६ घरपरिवारलाई १६ लाख र आठबीसकोट नगरपालिकाका ३७ मृतकका २४ घरपरिवारलाई ६१ लाख, चौरजहारी नगरपालिकाका एक जना मृतकका परिवारलाई दुई लाख, रोल्पा र बर्दियाका एक एक जना मृतक परिवारलाई ४ लाख गरी जम्मा ८३ लाख नगद राहत रकम बाँडिएको जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो ।

    उहाँका अनुसार सङ्घीय सरकारबाट प्राप्त भएको नगद राहत रकम मृतकका परिवारलाई बाँडिएको हो । सरकारले निर्णय गरे अनुसार प्रत्येक मृतक घरपरिवारलाई  एक लाखका दरले नगद राहत रकम दिएको र एकै घरबाट एक जना भन्दा बढी मृत्यु भएकाको हकमा एक जनाको दुई लाख र बाँकीको प्रति मृतक एक लाख थपेर राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    सङ्घीय सरकारले मृतक परिवारलाई नगद राहत वितरणको लागि जिल्ला विपत् व्यवस्थापन कोषमा पाँच करोड रकम पठाएको थियो । जसमा ८३ लाख नगद राहत वितरण गरिएको छ । बाँकी रहेको रकम भूकम्प प्रभावितका लागि अस्थायी आवास तथा पुनर्स्थापनामा खर्च हुने सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो ।

    भूकम्पमा परी  ज्यान गुमाउनेमा  ५३ जनाको जिल्ला भित्रैकै थिए भने बाँकी  पाँच जना जिल्ला बाहिरका रहेका थिए ।

    हिरा परियार/इन्सेक

    प्रकाशित : सोमबार, ११ मंसिर २०८० , ०४:५७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend