काठमाडौं : नेपाल आयलग निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। निगमको सञ्चालक समितिको बैठकले बिहीबार रातिदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको छ।
भारतबाट मूल्य घटेर आएपछि निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ४ रुपैयाँ घटाएको हो।
यससँगै काठमाडौंमा पेट्रोलको मूल्य १७० पुगेको छ भने भने डिजेल र मट्टितेलको मूल्य १६० पुगेको छ। त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य भारतबाट वृद्धि भएर आए पनि निगमले ग्यासको मूल्य यथावत राखेको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
