Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

सुनको मूल्य वृद्धि

सुनको मूल्य वृद्धि


  • बिहिबार, मंसिर २१ २०८०
  • 299
    SHARES

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि आएको जनाएको छ ।

    महासङ्घले आजको मूल्य सूची कायम गर्दै हिजो बुधवारको तुलनामा २०० रुपैयाँले मूल्य बढेको जानकारी दिएको हो । महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० रुपैयाँ कायम भएको छ ।

    यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ कायम छ ।
    हिजो बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम थियो ।
    यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घले आज चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँ कायम भएको जनाएको छ ।
    हिजो बुधवार १४ सय ८० रुपैयाँमा कारोबार भएको थियो । यो २० रुपैयाँको गिरावट हो ।

    प्रकाशित : बिहिबार, २१ मंसिर २०८० , ०१:११ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend