Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

एनसेलले प्राधिकरणलाई सेयर खरिद बिक्री सम्बन्धी कागजात अझै उपलब्ध गराएन

एनसेलले प्राधिकरणलाई सेयर खरिद बिक्री सम्बन्धी कागजात अझै उपलब्ध गराएन


  • मंगलबार, मंसिर २६ २०८०
  • 585
    SHARES

    काठमाडौं । सेयर खरिद बिक्री सम्बन्धीका कागजात एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई उपलब्ध नगराएपछि फेरि ताकेता गरेको छ ।

    ११ दिन अगाडि आजियटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर नेपाली मूलका व्यवसायीको बेलायतमा रहेको स्पेक्ट्रलाइट यूकेलाई बिक्री गरेको थियो । सेयर खरिद बिक्री गर्दा प्राधिकरणबाट पूर्व स्वीकृति लिनुपर्ने कानुनी प्रावधान उल्लंघन गरेको भन्दै तत्काल कागजात उपलब्ध गराउन प्राधिकरणले निर्देशन दिएको थियो । तर अहिलेसम्म पनि सेयर खरिद बिक्रीको सम्पूर्ण कागजात प्राधिकरणले प्राप्त गरेको छैन । दुई सातासम्म पनि कागजात प्राप्त नभएपछि एनसेललाई फेरि पत्र लेखेर कागजात उपलब्ध गराउन भनेको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका एक उच्च अधिकारीले भने, “एनसेलले पहिला सम्झौताका बेला भएका सबै कागजपत्र बुझाउँछौँ भनेको थियो तर अहिलेसम्म नबुझाएको हुँदा फेरि बुझाउनू भन्दै पत्र लेखेका छौँ ।”

    प्राधिकरणले सोमबार पत्र लेखेर एनसेललाई पठाएको जनाएको छ । मंसिर १३ गते मलेसियन कम्पनी आजियटाले नेपालमा लगानीको वातावरण नभएको कारण देखाउँदै एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बिक्री गर्ने घोषणा गरेको थियो ।

    त्यसको दुई दिनपछि नेपाली मूलका व्यवसायी शतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेले सम्पूर्ण सेयर खरिद गरेको जानकारी आजियटाले दिएको थियो । एनसेलको सेयर खरिद बिक्री प्रक्रियामा चलखेल भएको हुन सक्ने भन्दै सरकारले छानबिन समिति बनाएको छ भने संसद्का तीनवटा समितिले चासो राखेका छन् ।

    उनीहरुले पनि यस विषयमा छलफल गराएका छन् ।  सरकारले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा छानबिन समिति बनाएको हो । छानबिन समितिले अहिले काम थालिसकेको जनाएको छ । उता सर्वोच्च अदालतमा परेको रिट हिजो पनि हेर्न नभ्याउनेमा परेको थियो ।

    शुक्रबार सांसद अमरेश सिंहले रिट दायर गरेका हुन् । आइतबार र सोमबार उक्त रिट हेर्न नभ्याइनेमा परेको थियो । पेसी आजका लागि सरेको छ । सांसद सिंहले एनसेलका वर्तमान सीईओ जाब्बोर कायुमोभलाई यही चलखेलकै लागि केही महिना अघि नियुक्ति गरिएको भन्दै चर्को आलोचना गरेका छन् ।

    प्रकाशित : मंगलबार, २६ मंसिर २०८० , १०:२० बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend