Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

बजेटको अभावमा बौद्ध गुम्बा निर्माण ५० प्रतिशत पनि पूरा हुन सकेन

बजेटको अभावमा बौद्ध गुम्बा निर्माण ५० प्रतिशत पनि पूरा हुन सकेन


  • शनिबार, मंसिर ३० २०८०
  • 442
    SHARES

    ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा निर्माण गर्न लागिएको बौद्ध गुम्बाका लागि बजेट अभाव भएको छ । फुङ्लिङ नगरपालिका –८ दोखुको पानीट्याङ्की टोलमा निर्माण गर्न सुरु गरिएको बौद्ध गुम्बाका लागि बजेट अभाव भएको हो ।

    सात वर्षअघि अर्थात् २०७३ सालमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी गुम्बा निर्माण सुरु गरिएको भए पनि बजेट अभावले निर्माण कार्यमा प्रगति भएको छैन । ङाग्युर ञिङ्मा डोकुन थार्पालिङ नामकरण गरी बौद्ध गुम्बा निर्माणको काम सुरु गरिएको थियो । बजेट अभाव भएकाले निर्माण कार्यमा समस्या भइरहेको गुम्बा निर्माण उपभोक्ता समितिका अध्यक्ष भगिमान तामाङले बताउनुभयो ।

    तामाङका अनुसार जिल्लाकै एक आकर्षक र नमुना गुम्बा बनाउने दावीसहित संरचनाको आकृति (डिजाइन) बनाएर निर्माणको काम सुरु गरिएको थियो । निर्माणको काम सुरु गरेको सात वर्ष हुँदासमेत पर्याप्त बजेट नहुँदा गुम्बा निर्माणमा ५० प्रतिशत पनि प्रगति नभएको उपभोक्ता समितिले जनाएको छ । वडा सदस्यसमेत रहनुभएका बौद्ध गुम्बा व्यवस्थापन समितिका सदस्य भूपेन्द्र मगरले बजेट जुटाउन गाह्रो भएको बताउनुभयो ।

    उहाँका अनुसार हालसम्म गुम्बा विकास समितिबाट प्राप्त सात लाख रुपियाँ, पूर्व प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङको प्रदेश सांसद विकास कोषबाट प्राप्त नौ लाख रुपियाँ खर्च भएको छ ।

    त्यस्तै नगरपालिका र वडाबाट प्राप्त रकम तथा स्थानीयले सङ्कलन गरेको ४० लाख रुपियाँ नगद र जनश्रमदान गरी हालसम्म करिब एक करोड रुपियाँ खर्च भइसकेको उहाँले जानकारी दिनुभयो ।

    चालू आर्थिक वर्षका लागि वडाबाट विनियोजित छ लाख रुपियाँबाहेक अन्य कुनै बजेट उपलब्ध नभएको पनि गुम्बा व्यवस्थापन समितिले जनाएको छ । यता, बजेट व्यवस्थाका लागि प्रदेश सरकार हुँदै जिल्लाबाट निर्वाचित प्रदेश तथा सङ्घीय सांसदहरुलाई पनि गुहार्दै आएको निर्माणाधीन बौद्ध गुम्बाका संरक्षक किरण पाख्रिन तामाङले बताउनुभयो । जनप्रतिनिधिसमक्ष बजेट माग गर्दा हालसम्म आश्वासन मात्र पाउनेगरेको तामाङको भनाइ छ ।

    उक्त बौद्ध गुम्बा निर्माण सम्पन्न गर्न २०७३ सालमा गरिएको डीपीआरअनुसार कुल लागत रकम दुई करोड ५० लाख तीन हजार ८४७ रुपियाँ छ । सात वर्षसम्म पनि गुम्बा निर्माणको काम सम्पन्न नभएको गुम्बाका संरक्षक तामाङले बताउनुभयो ।

    गुम्बा निर्माण गर्न सुरु गरिएको टोलमा तामाङ समुदायको बाहुल्य छ । हाल सो टोलका बासिन्दाले स्थानीय तह हुँदै जिल्लाबाट प्रदेश र सङ्घमा प्रतिनिधित्व गर्ने निर्वाचित जनप्रतिनिधिसमक्ष थप योजना नभइ निर्माणाधीन बौद्ध गुम्बा सम्पन्न गरिदिए पुग्ने बताउँदै आएका छन् । आफ्नो समुदायका लागि मात्र नभई निर्माणाधीन बौद्ध गुम्बा सबैको साझा बनाउन चाहेको उहाँहरुको भनाइ छ । गोरखापत्र अनलाइन

    प्रकाशित : शनिबार, ३० मंसिर २०८० , १२:५७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend