Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा अर्याल चयन

उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा अर्याल चयन


  • शनिबार, पुष ७ २०८०
  • 663
    SHARES

      सज्जन ढकाल

    गुल्मी । उज्यालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गुल्मीको अध्यक्ष हिराबहादुर अर्याल चयन भएका छन् । शनिवार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न चौथो बार्षिक साधारण सभाले अर्यालको अध्यक्षतामा कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको हो ।

    जसको उपाध्यक्षमा टामलाल के।सी, सचिव भरत चन्द, सह–सचिव बिमल छन्तेल, कोषाध्यक्ष बिन्दु पन्थी रहेका छन् । त्यस्तै सदस्यहरूमा हिमालय केसी, भगवती थापा, सीता भुसाल सापकोटा, सालिकराम बस्नेत चयन भएका हुन् ।

    लेखा सुपरिवेक्षण समिति संयोजकमा प्रकाश चालिसे, सदस्य एलिजा थापा श्रीस, सदस्य कृष्ण बहादुर पाण्डेलाई चयन गरेको छ । शनिवार सम्पन्न चौथो साधारणसभामा चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले पछिल्लो समय हरेक क्षेत्रमा नकरात्मक टिप्पणी बढदै गएको बताए ।

    उनले सार्वजनिक संस्था राजनिति भन्दा माथी उठेर सञ्चालन गरे सफल हुने बताए । सहकारीमा करिब ६ सय सेयर सदस्य रहेका छन् । संस्थामा सेयर सदस्यहरुबाट संकलित सेयर पूँजी २ करोड २२ लाख ६६ हजार रहेको छ । सहकारीले ४ करोड २८ लाख ३१ हजार २६६ रुपैयाँ ऋण लगानी गरेको छ ।

    संस्थाले आफना सदस्यहरुको जोखिम बहनका लागि औषधी उपचार तथा जोखिम बहन कोष स्थापना गरि सञ्चालानमा ल्याएको छ । कुनै पनि सेयर सदस्य मुटु, क्यान्सर, ब्रेन, ट्युमर, मृगौला सम्बन्धी बिरामी परेमा २५ हजार औषधी उपचार सहयोग उपलब्ध गराउने नीति संस्थाले लिएको छ ।

    प्रकाशित : शनिबार, ७ पुष २०८० , ०९:५३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend