Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

स्थानीय तहको पैसालाई निक्षेपमा गणना गर्न पाइने भएपछि बैंकरहरु उत्साहित

स्थानीय तहको पैसालाई निक्षेपमा गणना गर्न पाइने भएपछि बैंकरहरु उत्साहित


  • सोमबार, भाद्र १८ २०८०
  • 416
    SHARES

    रुपन्देही, भदौ १८ । बैंकहरुले स्थानीय तहको ६० %  सम्मको रकम निक्षेपमा गणना गर्न पाउने भएका छन् । अर्थ मन्त्रालयले बैंकको खातामा आएको स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न पाउने निर्णय गरेको हो । आइतबार अर्थ मन्त्रालयले स्थानीय तहको पैसा बैंकहरुले निक्षेपमा गणना गर्न पाउने निर्णय गरेको हो ।

    आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री डा. महतबीचको छलफलपछि स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न दिने निर्णय गरिएको अर्थमन्त्रालय स्रोतले बताएको छ । स्रोतका अनुसार बैंकहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्म स्थानीय तहको पैसालाई निक्षेपमा गणना गर्न पाउनेछन् ।

    यसअघि बैंकिङ प्रणालीमा लगानीयोग्य स्रोतको चरम अभाव हुँदा अर्थ मन्त्रालयको निर्देशनमा राष्ट्र बैंकले स्थानीय तहको ६० प्रतिशत रकम निक्षेपका रुपमा गणना गर्न पाउने व्यवस्था गरेको थियो । तर, साउन १ र २ गते बैंकहरुमा निक्षेपका रुपमा रहेको स्थानीय तहको झण्डै १ खर्ब रुपैयाँ राष्ट्र बैंकले आफ्नो खातामा तानेको थियो । त्यसपछि लगातार बैंकरहरुले स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न पाउनुपर्ने माग राख्दै आएका थिए ।

    हाल स्थानीय तहको ६० % रकम निक्षेपमा गणना गर्न पाइने भएपछि बैंकरहरु उत्साहित भएका छन् । योसँगै बैंकहरुले चाहेमा अब कर्जाको ब्याज घटाउन पनि सहयोग पुग्ने बुझिएको छ ।

    प्रकाशित : सोमबार, १८ भाद्र २०८० , ११:१२ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend