Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

राष्ट्रिय वाणिज्य बैंकमा जनताको साढे दुई अर्ब जोखिममा

राष्ट्रिय वाणिज्य बैंकमा जनताको साढे दुई अर्ब जोखिममा


  • मंगलबार, असोज २ २०८०
  • 806
    SHARES

    सरकारको शतप्रतिशत स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा साढे दुई अर्बभन्दा बढी जोखिममा परेको छ । राष्ट्रिय वाणिज्य बैंकको यति ठूलो रकम जोखिममा परेपछि एमालेको कोटाबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका किरणकुमार श्रेष्ठ र माओवादी नेता जनार्दन शर्मालाई रिझाएर बैंकको अध्यक्ष बनेका डा. बलराम पाठकमाथि प्रश्न उठेको छ ।जनताको पैसा ऋण लिएर नतिर्ने ऋणीहरूसँग बैंकले करोडौँ ब्याज मिनाहा गर्ने र त्यसमा सहुलियत समेत दिएर अगाडि बढ्ने नीति लिएपछि बैंकको नेतृत्वमा रहेका अध्यक्ष डा. पाठक र सीईओ श्रेष्ठको नियतमाथि प्रश्न उठेको हो । बैंकका सीईओ श्रेष्ठ बैंकको आठवर्षे सेवा अवधि सकेर यही वर्ष बिदा हुने तयारीमा छन् ।

    बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठक लगनखेलमा रहेको गतिशील बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष तथा टाट पल्टिएर निक्षेपकर्ता सर्वसाधारणहरूको रकम अपचलन गरी फरार रहेकै अवस्थामा राष्ट्रिय वाणिज्य बैंकमा माओवादी नेता जनार्दन शर्माको आशीर्वादले अध्यक्ष भएपछि टाट पल्टिएका अध्यक्षलाई प्रलोभनमा पारेर सीईओ श्रेष्ठले बैंकमा आफ्नो तजबिज गर्नेगरेको चर्चा चल्दै आएको छ ।

    माओवादी कोटाबाट अध्यक्ष भए पनि सहकारी टाट पल्टाएर भागेका अध्यक्ष डा. पाठकको पक्षमा अर्थमन्त्री प्रकाशशरण महतकै नजिकका भनिएका केही व्यक्तिहरू उनलाई जोगाउन ‘लबिङ’ गर्दै हिँडेको र अर्थमन्त्री महत ‘कन्भिन्स’ भएको बुझिएको छ । सहकारी टाट पल्टाएर भागेका डा. पाठकले आफूनिकटका विभिन्न व्यापारीहरूको कर्जाको फाइलहरू ल्याएको समेत स्रोतले दाबी गरेको छ ।

    वाणिज्य बैंकबाट मोमेन्टो एपेरल्स, रेडियन्ट फन वेयर फेसन र बेङजिङ रोस्ट डक रेस्टुरेन्टको नाममा चण्डीराज ढकाल, रचना आचार्य ढकाल, टिकाराज ढकालले लिएको करिब २० वर्षदेखिका करोडौँ कर्जाको साँवाब्याज उठ्न सकेको छैन । ऋण नतिरेपछि विगत लामो समयदेखि कालोसूचीमा रहेका ढकालसँग सीईओ श्रेष्ठले वार्ता गर्दै आएका छन् ।

    त्यस्तै पियुषबहादुर अमात्यले सञ्चालन गरेको पोखराको बहुचर्चित फूलबारी रिसोर्टमा राष्ट्रिय वाणिज्य बैंकले गरेको करोडौँ लगानी करिब २० वर्षदेखि उठ्न सकेको छैन भने राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका कान्छो छोरा अरुण चन्दले सञ्चालन गरेको बासुलिंक सुगर मिलमा राष्ट्रिय वाणिज्य बैंकको २० वर्षभन्दा अगाडिदेखिको करोडौँ रुपैयाँको साँवाब्याज उठेको छैन ।

    त्यस्तै २०५६/०५७ सालदेखिकै भृकुटी कागज कारखानामा रहेको राष्ट्रिय वाणिज्य बैंकको ३४ करोड र विराटनगरको चर्चित मंतुराम समूहसँग रहेको ८६ करोड रुपैयाँमा समेत सीईओ किरणकुमार श्रेष्ठ र टाट पल्टिएको सहकारीको पैसा बैंकबाट उठाउने भन्दै लागेका बैंकका अध्यक्ष डा. बलराम पाठकले ‘बार्गेनिङ’ गरी करोडौँ ब्याज मिनाहामार्फत असुली धन्दामा लागेर कर्र्जा असुलउपरमा चासो नदिएको आरोप लाग्दै आएको छ ।

    कुनै समय अहिलेका ललिता निवास जग्गा घोटाला काण्डको मुख्य अभियुक्तको आरोपमा पक्राउ परेका भाटभोटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ र चर्चित युनिटी ठगी काण्डमा डामिएका कालु गुरुङले सञ्चालन गरेको काठमाडौं स्टिलको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ र सर्वसाधारणबाट कुटिने डरले सहकारीको पैसा हिनामिना गरेर भागेका अध्यक्ष डा. पाठककले बैंकबाट ब्याज मिनाहाको नाममा उठाउने धन्दा मिलेको भन्दै नेपाली जनताको अर्बौँ रुपैयाँमा मोलमोलाइ चलिरहेको आरोप लाग्ने गरेको छ ।

    नेपाल बैंकमा सामान्य कर्मचारीदेखि नेपाल बैंक कर्मचारी युनियनको नेतृत्व समेत गरेर त्यसैलाई भजाएर अर्बौँको सम्पत्ति जोडेको आरोप लाग्ने गरेका सीईओ श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकलाई समेत अतिरिक्त आम्दानीको स्रोत बनाएको आरोप लाग्दै आएको छ ।यस विषयमा बुझ्न बैंकका अध्यक्ष डा. पाठक र सीईओ श्रेष्ठलाई टेलिफोन सम्पर्क गर्दा डा. पाठकलले फोन उठाएनन् भने सीईओ श्रेष्ठले फोन काटेका छन् ।

    आर्थिक दैनिकबाट साभार

    प्रकाशित : मंगलबार, २ असोज २०८० , ०९:२० बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend