Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

अर्थतन्त्र लयमा आयो भन्ने सरकारको अभिव्यक्तिप्रति डा. लोहनीको आपत्ति

अर्थतन्त्र लयमा आयो भन्ने सरकारको अभिव्यक्तिप्रति डा. लोहनीको आपत्ति


  • सोमबार, असोज २२ २०८०
  • 468
    SHARES

    काठमाडौँ । अर्थतन्त्र लयमा आयो भन्ने सरकारको अभिव्यक्तिप्रति डा. लोहनीले आपत्तिआपत्ति जनाएका छन् । पूर्वअर्थमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को निर्देशक समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले अर्थतन्त्र लयमा आयो भनेको के हो भन्दै सरकारलाई प्रश्न गरेका छन् । आर्थिक सूचकहरू खराब रहेको भएपनि यसतर्फ सरकारको ध्यान नगएको लोहनीको जिकिर छ  ।

    ‘दक्षिण एसियाका देशहरूको प्रतिव्यक्ति आय २५०० देखि ३००० अमेरिकी डलर पुग्दै छ। हामी सालाखाला १४०० डलर प्रतिव्यक्ति आयमा थन्किरहेका छौँ र यसैलाई ठुलो सफलता मान्दैछौँ’, लोहनीले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नेपाल दक्षिण एसियाको सबभन्दा कमजोर र गरिब अर्थतन्त्र हुँदै छ । तर आउँदो ५ वर्षमा प्रतिव्यक्ति आम्दानीमा नाटकीय परिवर्तन ल्याउने सपना दिएर जनतामाथि किन भद्दा मजाक ?’

    उनले नेपाल दक्षिण एसियाको सबभन्दा कमजोर अर्थतन्त्रमा रूपान्तरित हुन लागेको जिकिर गर्दै भनेका छन्, ‘खोक्रो रुखजस्तो बाहिर चिल्लो तर भित्र खोक्रो र सानो हुरी बतासले ढाल्न सक्ने अवस्थामा पुग्दैछौँ।यो सङ्कट सँग मुकाबिला गर्ने चेतना कहीँ छैन अनि कस्तो लयको हामी कुरा गर्दैछौँ ?’

    लोहनीले राजस्व भने अनुसार नउठेको, साधारण खर्च बढिरहेको र  पुँजी निर्माणमा लगानी निराशाजनक रहेको बताएका छन् । तरलता बढेको भनिए पनि ब्याजदर नघटेको, उत्पादनमा ह्रास आएको र आर्थिक मन्दी व्याप्त रहेको पनि लोहनीको भनाइ छ ।

    वैदेशिक अध्ययन र रोजगारीका लागि जानेको संख्या वृद्धि हुँदै गएको भन्दै लोहनीले बढी युवा कामदार र विद्यार्थी देश बाहिर पठाएर कस्तो अर्थतन्त्र निर्माण हुँदै छ भनेर प्रश्न समेत गरेका छन् ।

    उनले एकले अर्कालाई निषेध र आलोचना मात्र गर्न नहुने भन्दै कम्तीमा आउँदो दस वर्षसम्म ६ प्रतिशतको दरले गुणस्तरीय आर्थिक उन्नति कायम गर्न लाग्नुपर्नेमा जोड दिएका छन् । त्यसका लागि सबै राष्ट्रिय शक्तिहरू बिच नयाँ मेलमिलापको वातावरण कायम गर्नुपर्ने उनको जोड छ ।

    प्रकाशित : सोमबार, २२ असोज २०८० , १०:४३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend