Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

भिजन लुम्बिनीको आईपीओ बिक्री खुला

भिजन लुम्बिनीको आईपीओ बिक्री खुला


  • बिहिबार, कार्तिक १६ २०८०
  • 273
    SHARES

    काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) आजदेखि बिक्री खुला गरेको छ ।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको आईपीओ बाँडफाँट गरी बाँकी रहेको सेयरसमेत थप गरी सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको हो ।

    आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरी चार लाख ८७ हजार ९१० कित्ता आईपीओ बाँकी रहेको थियो । उक्त आईपीओ थप गरी सर्वसाधारणलाई कम्पनीले २० लाख ७५ हजार २८५ कित्ता आईपीओ प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा नै निष्कासन गरेको हो ।

    कम्पनीले निष्कासन गरेको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा तीन लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ ।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

    आईपीओमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिने छ । तर, उक्त अवधिसम्म मागअनुसार आवेदन नपरे मंसिर १ गतेसम्म आवेदन खुला रहने बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

    आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।

    यस कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित सेती नदीमा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको कुल अनुमानित लागत पाँच अर्ब २० करोड रुपैयाँ रहेको छ ।

    प्रकाशित : बिहिबार, १६ कार्तिक २०८० , ११:४१ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend