Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

बचतकर्ताको रकमले तीन करोडको गाडी चढ्थे अध्यक्ष, १०० रोपनी जग्गा पनि किने

बचतकर्ताको रकमले तीन करोडको गाडी चढ्थे अध्यक्ष, १०० रोपनी जग्गा पनि किने


  • मंगलबार, मंसिर १२ २०८०
  • 195
    SHARES

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललितपुरस्थित देउराली बहुउदेश्यीय सहकारी संस्थाको ठगी प्रकरणको अनुसन्धान सकेको छ । करिब एक महिना अनुसन्धान गरेको सीआईबीले आइतबार फाइल जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको हो ।

    संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंलाई सीआईबीले गत कात्तिक १६ मा नियन्त्रणमा लिएको थियो । त्यसपछि क्रमशः सहकारीका प्रबन्धक दिपक केसी र राजेन्द्र खत्रीलाई समेत पक्राउ गरेको थियो ।

    बचतकर्ताले राखेको रकम फिर्ता नदिएको भन्दै सीआईबीमा उजुरी परेपछि उनीहरू पक्राउ परेका थिए । ललितपुरको सातदोबाटो र भक्तपुरको सूर्यविनायकमा रहेको देउराली सहकारीमा जम्मा गर्ने बचतकर्ताको रकम हिनामिना भएको प्रहरीले जनाएको छ ।

    सीआईबीका एसएसपी दिनेश आचार्यका अनुसार देउराली सहकारीविरुद्ध ५५३ उजुरी परेको थियो । सोही उजुरीको आधारमा पक्राउ परेका अध्यक्षसहित आरोपीबाट ६५ करोड ७७ लाख रुपैयाँ बिगो असुल गर्नुपर्ने राय दिएको हो ।

    सहकारीमा जम्मा भएको कुल दुई अर्ब २० करोड ९२ लाख जोखिममा परेको उनको भनाइ छ । सहकारी ठगी प्रकरणमा अध्यक्ष चौलागाईंसहित १५ जनामाथि ठगी मुद्दा चलाउनु पर्ने राय सीआईबीको छ ।

    सहकारीमा अर्बौ बचत भएपनि सबैले उजुरी नदिँदा बिगो ६६ करोड मात्रै माग दाबी गरिएको एसएसपी आचार्यको भनाइ छ ।

    तीन करोडको गाडीदेखि १०० भन्दाबढी रोपनी जग्गा खरिद
    सहकारीको ठगी प्रकरणबारे एक वर्ष अघिदेखि नै बचतकर्ता प्रहरी कार्यालय धाउन थालेका थिए । तर, सीआईबीले संस्थाका अध्यक्ष ३९ वर्षीय चौलागाईंलाई कात्तिक १६ मा मात्रै फेला पा¥यो ।

    उनी सहकारीमा जम्मा गरेको बचतकर्ताको रकमले करिब तीन करोड रुपैयाँ पर्ने टोयटाको सेतो ल्याण्डक्रजुर प्राडोमा कालो सिसा लगाएर प्रहरीलाई छक्काउँदै भागिरहेका थिए । तर, त्यसदिन भने सीआईबीको टोलीले लाजिम्पाटबाट वाग्मती प्रदेश सी २३२९ नम्बरको सोही प्राडोसहित पक्राउ गरेको थियो ।

    हाल चौलागाईं सीआईबीको थुनामा छन् । उनको प्राडो भने सीआईबीले एक कुनामा थन्काइदिएका छन् । सीआईबीका एसएसपी आचार्यका अनुसार उनको चलअचल सम्पत्ति सबै रोक्का गरिएको छ ।

    सीआईबीका अनुसार करोडौँको उक्त गाडीबाहेक उनले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरेर १०० रोपनीभन्दा बढी जग्गा खरिद गरेको खुलेको छ । उनी काभ्रेको देउराली गाउँपालिका–६ का स्थायी बासी हुन् ।

    उनले आफ्नै गाउँको नामबाट सहकारी स्थापना गरेका थिए ।

    प्रहरीको अनुसन्धानबाट देउराली सहकारीको रकम ठगी गर्न उनले आफ्नै श्रीमतीको नाममा डमी कम्पनी समेत खोलेको खुलेको छ ।

    प्रकाशित : मंगलबार, १२ मंसिर २०८० , ०६:२२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend