Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

भुर्तुङ्ग सहकारीको अध्यक्षमा गौतम विजयी ।

भुर्तुङ्ग सहकारीको अध्यक्षमा गौतम विजयी ।


  • शनिबार, मंसिर ३० २०८०
  • 533
    SHARES

     

    सज्जन ढकाल, गुल्मी ।

    गुल्मी, मंसिर ३० । आर्थिक समृद्धिको आधार चुनाबी महासंग्राम भुर्तुङ्ग बचत तथा ऋण सहकारी संस्था कालीगण्डकी गाउँपालिका वडा नम्बर ७,छापचौरको नेतृत्व चएनका लागि आज शान्तपूर्ण वातावरणमा मतदान सम्पन्न भएको थियो ।

    जम्मा मतदाता संख्या २५८ रहेको थियो । शाहलाई पछि पार्दै गोबिन्द गौतम विजय भएका छन् । गौतमले १०९ मत प्राप्त गरे उहाँका प्रतिस्पर्धी हिरा बिक्रम शाहले ७७ मत प्राप्त गरे गौतमले शाहलाई ३२ मतले पछि पारेका हुन् । १० मत बदर भएको छ । अन्य पद सर्वसम्मतबाट चयन गरिएको थियो । मतदान श्री ईभरग्रीन बोडिङ्ग स्कुलको प्राङ्गण छापचौरमा सम्पन्न भएको हो ।

    गौतमको यो दोर्श्रो कार्यकाल हो । गौतमले विजय पश्चात् शसक्त तउरबाट आगामी दिनमा आर्थिक समृद्धिसंगै सहकारीलाई अगाडि बढाउने बताए । निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । विजय पराजय स्वभाविक हुन् । अब आगामी दिनमा मित्रवत तबरबाट अगाडि बढ्ने पराजित उम्मेदवार शाहले बताए ।

    No description available.

    निर्वाचन समितिको संयोजकमा राम प्रसाद गौतम सदस्य कुसल श्रीस र अमृता पौडेल रहेको तीन सदस्य निर्वाचन समिति चयन गरिएको थियो । उल्लासपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको निर्वाचन संयोजक रामप्रसाद गौतमले बताए ।

    प्रकाशित : शनिबार, ३० मंसिर २०८० , ०६:३९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend