logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

सुनको मूल्य प्रतितोला एक हजार पाँच सय घट्यो

सुनको मूल्य प्रतितोला एक हजार पाँच सय घट्यो


  • आइतबार, पुष २१ २०८१
  • 1.3K
    SHARES

    काठमाडौँ । आज सुनको मूल्य घटेको छ । आन्तरिक बजारको माग तथा आपूर्ति व्यवस्थापन र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावका कारण सुनको मूल्य आज प्रतितोला रू एक हजार पाँच सय घटेको हो ।

    शुक्रबार प्रतितोला रू एक लाख ५३ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ५२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    शुक्रबारको तुलनामा आज चाँदीको मूल्य भने स्थिर देखिएको छ । आज चाँदी प्रतितोला रू एक हजार आठ सय १० मा कारोबार हुनेछ ।

    प्रकाशित : आइतबार, २१ पुष २०८१ , ०५:४८ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend