logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

सरकारी सेवामा नियुक्ति पछि २२ वर्षमै किने २२ वटा घर

सरकारी सेवामा नियुक्ति पछि २२ वर्षमै किने २२ वटा घर


  • मंगलबार, साउन १६ २०८०
  • 871
    SHARES

    काठमाडौ । सरकारी सेवामा प्रवेश गरेको २ दशकमै २२ वटा घर र ८७ स्थानमा जग्गा किन्न सफल एक उपसचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्तिमा मुद्दा दायर गरेको छ ।

    २०५५ साल वैशाख २७ गतेदेखि शाखा अधिकृतबाट सेवा प्रवेश गरेका दार्चुला शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वर स्थायी घर भएका उपसचिव हेमराज विष्टले काठमाडौंमा मात्रै २२ वटा घर खरिद गरेका छन् ।

    सुदूरपश्चिम प्रदेश वन निर्देशनालय धनगढीमा निमित्त वन निर्देशक पदमा रहेका विष्टले सरकारी सेवा प्रवेश गरेको २२ वर्षमा गरेको आर्थिक प्रगतिबारे अध्ययन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई २ वर्षभन्दा बढी लागेको थियो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार विष्टले काठ तथा वन्यजन्तु तस्करीमा जोडिएका मानिससँग सेटिङ मिलाउने र उपभोक्ता समितिका सदस्य तथा पदाधिकारीको फर्जी हस्ताक्षर गरेर रकम भुक्तानी लिने लगायत तस्करीमा समेत उनको समलग्नता रहेको थियो ।

    गत पुस २१ गते सार्वजनिक विज्ञप्ति अनुसार अख्तियारले उनलाई ६ करोड ८७ लाख ५७ हजार विगो र स्रोत नखुलेको जग्गा जमिन राज्यको नाममा जफत गर्न भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियार स्रोतका अनुसार उनले जोडेको जग्गा जमिनको अहिलेको बजार भाउमा एक अर्बभन्दा बढी जान्छ ।

    उनले अधिकांश सम्पत्ति आफ्नी श्रीमति रुबी जिसीको नाममा लुकाएको पाइएको छ ।

    प्रकाशित : मंगलबार, १६ साउन २०८० , ०७:४७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend