Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

कतार पठाईदिन्छु भन्दै एक लाख ८६ हजार रूपैयाँ ठगी गर्ने तामाङ पक्राउ

कतार पठाईदिन्छु भन्दै एक लाख ८६ हजार रूपैयाँ ठगी गर्ने तामाङ पक्राउ


  • शुक्रबार, कार्तिक २४ २०८०
  • 273
    SHARES

    काठमाडौं, कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं मनमैजु बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-७ का ३३ वर्षीय भिम बहादुर तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    तामाङले एक महिलालाई वैदेशिक रोजगारका लागि कतार पठाई पार्लरमा मासिक ६० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पटकपटक गरी १ लाख ८६ हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो ।

    उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

    प्रकाशित : शुक्रबार, २४ कार्तिक २०८० , ०७:२४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend