काठमाडौं । अवैध रूपमा विदेशी विनिमय (अमेरिकी डलर)को कारोबार गरेको अभियोगमा ललितपुरबाट एक व्यक्ति पक्राउ परेका छन् । ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने ३४ वर्षीय सनमोहन श्रेष्ठ मंगलबार पक्राउ परेका हुन् ।
विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले श्रेष्ठलाई ललितपुर महानगरपालिका-६ वकुवहालबाट अमेरिकी डलर १ सय दरको १ सय ९८ थानसहित पक्राउ गरेको हो ।
श्रेष्ठलाई विदेशी विनिमय सम्बन्धी कसूरमा थप आवश्यक अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग पुल्चोक ललितपुरमा पठाइएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
