logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

वीरगाथा सहकारीको विस्तारित बैठक सम्पन्न

वीरगाथा सहकारीको विस्तारित बैठक सम्पन्न


  • आइतबार, साउन २१ २०८०
  • 481
    SHARES

    लोकनाथ शर्मा लुइटेल, रुपन्देही । आज मिति २०८०-४-२१ गते आइतबार अध्यक्ष राज बहाुदर थापाको अध्यक्षतामा वीरगाथा बचत तथा ऋण सहकारी संस्थाको विस्तारित बैठक सम्पन्न भएको छ । अन्तर्राष्ट्रीय मित्रता दिवसको अबसर पारेर संस्थाका सदस्यहरुबाट रचनात्मक सल्लाह, सुझाव तथा परामर्श संकलनका उद्देश्यले उक्त विस्तारित बैठक बसेको हो । आउँदो असोज ६ गते हुन गैरहेको १४औ साधारण सभामा पेश गरेर पारित गर्न सहज हुने हेतुले सदस्यहरुबाट सल्लाह, सुझाव संकलन कार्य साधारण सभाभन्दा ४६ दिन अघि नै गरिएको स्रोतले बताएको छ ।

    उक्त विस्तारित बैठकमा संचालक समिति, सल्लाहकारहरु, व्यवस्थापक, शेयर सदस्यहरु लगायतका बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो । विस्तारित बैठकमा सदस्यहरुबाट सहकारीलाई थप उत्कृष्ट र नाफामूलक बनाउन आवश्यक आधारहरु अवलम्बन गर्नुपर्ने सुझाब एवम सल्लाहहरु प्रस्तुत गरिएको थियो । उक्त सुझाब सल्लाहहरु कार्यसमितिद्वारा अनुमोदन गरि आउँदो साधारण सभामा समावेश गरिने भन्दै बर्तमान परिस्थितिमा देशभर अधिकांश सहकारीहरु असफल भइरहेको स्थितिमा रुपन्देहीमा सञ्चालित १३६ सहकारी मध्ये १३५ ओटा विस्थापित भए पनि वीरगाथा सहकारी अटल अमर रहिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

     

    केही न्यून अपवादलाई छोडेर वीरगाथा साकोसमा खराब व्यवसायी नभएको र कर्मचारीले असल भूमिका निर्बाह गरेको समेत अध्यक्ष थापाले उपस्थित सदस्यहरुलाई जानकारी गराए । सदस्यहरुबाट सोधिएका प्रश्न तथा जिज्ञासाहरुको अध्यक्ष तथा व्यवस्थापकले सन्तोषजनक उत्तर दिएका थिए । व्यवस्तताका बावजुद उपस्थित भएर विस्तारित बैठकलाई सफल बनाएकोमा अध्यक्षले सबैलाई धन्यबाद दिएका थिए ।

    उक्त सुझाव संकलन कार्यक्रममा सहकारीका उपाध्यक्ष गितारानी बलालले स्वागत मन्तव्य राखेकी थिइन् भने सचिव मनमाया थापाद्वारा कार्यक्रम संचालन गरिएको थियो।

    प्रकाशित : आइतबार, २१ साउन २०८० , ०८:५६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend