Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

अध्यक्ष र प्रबन्धकको मिलिमतोमा सुविधा सहकारी संस्थाको २४ करोड हिनामिना

अध्यक्ष र प्रबन्धकको मिलिमतोमा सुविधा सहकारी संस्थाको २४ करोड हिनामिना


  • बिहिबार, भाद्र ७ २०८०
  • 910
    SHARES

    सर्लाही, भदौं ७ । सर्लाहीको सदरमुकाम मलंगवा स्थित सुबिधा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र म्यानेजरले आपसी मिलिमतोमा २४ करोडको हिनामिना गरेको पाइएको छ । अध्यक्ष र प्रबन्धकको मात्र हस्ताक्षर हुने चेकमा दुई जना मिलेर करोडौं रकम आफ्नो नाममा गरेका छन् । कोषाध्यक्ष र लेखा संयोजकलाई थाहा नै नदिइ यति धेरै रकम कसरी अध्यक्ष र प्रबन्धकले हिनामिना गरे भन्ने बारे सबै अनभिज्ञ रहेको पाइएको छ ।

    समितिको नियमित बैठकमा आउनु पर्दैन तपाईहरुको भत्ता तपाईहरुको खातामा जान्छ भनेर अध्यक्षले कार्यसमितिका सदस्हरुलाई भनेका रहेछन् । सहकारीको कोषाध्यक्षले हस्ताक्षर नगरी खाताबाट रकम निकासा हुनु आफैमा संकास्पद छ । पदीय जिम्मेवारीको दायित्व बोध र विषयगत जानकारी नभएकाहरु कार्यसमितिमा भरिए भने कुनै पनि संस्था डुब्न बेर लाग्दैन भन्ने कुराको उदाहरण हो सुविधा बचत तथा ऋण सहकारी संस्था लि. को यो २५ करोडको काण्ड ।

    सहकारीबाट ठूलो रकम हिनामिना गरेको आरोपमा सुविधाका प्रबन्धक दीपकलाल अमात्य, खजाञ्ची निर्मल श्रेष्ठसहित अन्य दुई कर्मचारी उमेश अधिकारी र कामेश्वर सिंह प्रहरी नियन्त्रणमा छन् भने सहकारीका अध्यक्ष ईश्वर गुप्ता भने फरार रहेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार सहकारीबाट रकम लिनका लागि सञ्चालक समितिलाई जानकारी गराउनु नपर्ने नियम साधारणसभाबाट पास गराएका थिए । त्यही गलत नियमले संस्थालाई नै डुबायो। केही गलत नियत भएका

    अल्पज्ञानी कार्यसमितिमा भए भने गलत नियम बनाइ माइन्युट गर्दा संस्थालाई नराम्रो असर पर्ने गर्छ । फरार सहकारीका अध्यक्ष गुप्ताको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ । सहकारीबाट रकम हिनामिना भएपछि बचतकर्ताले रकम फिर्ता पाउन सकेका छैनन् । बचतकर्ताको रकम अध्यक्ष गुप्ता लगायत कर्मचारिको सम्पत्ति बेचेर भएपनि पाउनुपर्छ भन्ने माग बचतकर्ता को छ । सहकारीका लागि बजारमा खटिएका बचत अभिकर्ता भने दिनहुँ तनाव खेपिरहेका छन् । कुनै पनि संघ संस्थालाई सुचारु गर्नको लागि चुनिएका कर्मचारि र संचालक समितिलाई संस्थाको विधान, नीति नियम, विनियम, कानुन र आफ्नो काम कर्तब्य तथा अधिकारको ज्ञान हुन जरुरी हुन्छ । पदीय दायित्व र बिषयगत जानाकारी नभएका व्यक्तिलाई कर्मचारी र संचालक समितिमा राख्नुको मूल्य, सुबिधा सहकारी र त्यसका बचतकर्ताले भोग्नु परेको छ ।

    प्रकाशित : बिहिबार, ७ भाद्र २०८० , ०८:०३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend