Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

फेरि बढायो आयल निगमले इन्धनको मूल्य

फेरि बढायो आयल निगमले इन्धनको मूल्य


  • शुक्रबार, भाद्र २९ २०८०
  • 455
    SHARES

    भदौ २९, रुपन्देही । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पेट्रोलको प्रतिलिटर १ तथा डिजेल र मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो । इन्डियन आयल कर्पोरेशनले शुक्रबार नै पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ १२ पैसा तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ ९१ पैसा वृद्धि गरेर निगमलाई नयाँ मूल्यसूची पठाएको थियो ।

    सोहीअनुसार स्वचालित मूल्य प्रणालीका आधारमा मूल्य अभिवृद्धि करसहित समायोजन गरेर मूल्यवृद्धि गरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । बढेको मूल्य शनिबार मध्यराति १२ बजेर १ बजेदेखि लागू हुने बताइएको छ । यससँगै काठमाडौँमा पेट्रोलको मूल्य १८३ र डिजेल तथा मट्टितेलको मूल्य १७३ पुगेको छ।  हाललाई ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ ।

    प्रकाशित : शुक्रबार, २९ भाद्र २०८० , १०:०१ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend