Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

कुसुम सहकारी पूर्तिघाट शाखाद्वारा सेयर सदस्य सम्मान र प्रमाण-पत्र प्रदान

कुसुम सहकारी पूर्तिघाट शाखाद्वारा सेयर सदस्य सम्मान र प्रमाण-पत्र प्रदान


  • बुधबार, असोज ३ २०८०
  • 1K
    SHARES

     

    असोज ३, गुल्मी । आज  सेयर सदस्यहरुलाई सम्मान गर्नुका साथै प्रमाण-पत्र बितरण कार्यक्रम पूर्तिघाटमा सम्पन्न भएको छ । संविधान दिवसको विशेष अवसर पारेर कुसुम बहुउद्देश्यीय सहकारीले एक कार्यक्रम आयोजना गरी शेयर सदस्यहरुलाई सम्मान तथा शेयर प्रमाण–पत्र प्रदान गरेको हो । लुम्बिनी प्रदेशका तीन जिल्ला गुल्मी, पाल्पा र रुपन्देहीलाई कार्यक्षेत्र बनाएर सञ्चालन भैरहेको कुसुम बहुउद्देश्यीय सहकारीले यसै बर्षदेखि गुल्मीको कालीगण्डकी गाउँपालिकाको केन्द्र पूर्तिघाट बजारमामा सेवा केन्द्र स्थापना गरि आर्थिक कारोबार गर्दै आइरहेको छ । स्थापनाको छोटो समय मै लक्ष्यमा पुग्न सफल रहेको सहकारीमा अहिले हजारौं सदस्यले कारोबार गर्दै आइरहेका छन् ।

    कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष सुरेश ढकालले साधारण सभा बाट पारित गरेको पूर्तिघाट सेवा केन्द्र अन्तरगत कृषि उपज संकलन केन्द्र छिट्टै संचालनमा ल्याउने बताउनु भयो जसबाट कृषि उपजको उचित मूल्यसंगै बजारको ग्यारेन्टी हुने हुँदा स्वरोजगार बढ्न गइ गाउँघरमा आर्थिक कारोबार बढ्ने बताउनु भयो । कुसुम सहकारी भित्र आर्थिक पारदर्शिता रहेको हुँदा ढुक्क भयर यस संस्थामा कारोबारसंगै बचत गर्न सदस्यहरुलाई आग्रह गर्नुभयो पछिल्लो समयमा बित्तीय संस्थाप्रति अबिश्वासको वातावरण सृजना भएकाले संकालागे आफूले कारोवार गर्ने शाखा मा सम्पर्क गरि आफूलाई लागेको संका मेटाइ ढुक्क रहन सदस्यहरुलाई अनुरोध गर्नुभयो ।

     

    उक्त कार्यक्रममा संस्थाका बोर्ड सदस्य बिनोद ढकाल, सेवाकेन्द्र पूर्तिघाट का संयोजक डिल्लिराम पाण्डे, सल्लाहकार तारनदत्त सुवेदी, भुर्तुङ सहकारी संस्थाका अध्यक्ष गोविन्द गौतम लगायत को उपस्थिति थियो ।
    कार्यक्रम मा संविधान दिवस को शुभकामना आदानप्रदान समेत गरियको थियो ।

    कार्यक्रममा ऋण समिति प्रमुख गोविन्द गौतमले पूर्तिघाट शाखाको सम्पूर्ण आय ब्यय प्रस्तुत गर्नु भयको थियो भने पूर्तिघाट सेवा केन्द्रका सेयर सदस्य हरुलाई सेयर प्रमाण-पत्र बितरण गरियको थियो।

    प्रकाशित : बुधबार, ३ असोज २०८० , ०८:३६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend