Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

वीरगाथाको १४औं वार्षिक साधारण सभा सम्पन्न

वीरगाथाको १४औं वार्षिक साधारण सभा सम्पन्न


  • शनिबार, असोज ६ २०८०
  • 949
    SHARES

     

    असोज ६, रुपन्देही । वीरगाथा बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुटवल–९ स्थित वीरगाथाको १४औं वार्षिक साधारण सभा आज सम्पन्न भएको हो ।
    वीरगाथाका अध्यक्ष श्री राज बहादुर थापाको सभापतित्व तथा सहकारी विभाग प्रमुख बुउमनपाका गुणाखर खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा श्री ध्र्रुव कुमार धिताल (इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष), श्री बुद्धमाया पुन (मंगलमय बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष) र श्री जंग बहादुर शाह (लेखक तथा साहित्यकार संस्थाका ज्येष्ठ सदस्य) विशिष्ट अतिथिका रुपमा उपस्थित थिए भने कर्नल श्री बल बहादुर रेग्मीको उपस्थिति अतिथिका रुपमा रहेको थियो ।

    पूर्व सल्लाहकारहरु श्री रुप सिंह थापा, श्री कृष्ण बहादुर गुरुङ र श्री मोहन सिंह बस्नेत पनि ड्याशमा विराजमान थिए । त्यसैगरी सहल्लाहकाहरु निवर्तमान अध्यक्ष श्री जनक बहादुर थापा, श्री सहवीर थापा र श्री मेहर सिंह कुँवरको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन संस्थाकी सचिव मन माया थापाको रहेको थियो । संस्थाकी उपाध्यक्ष गिता रानी बलालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि खनालले वीरगाथा बचत तथा ऋण सहकारी संस्था बुटवलको मात्रै नभइ रुपन्देहीकै १ नम्बरमा पर्न सफल यो सहकारीे इमानदारिता तथा वित्तीय अनुशासनका हकमा सबैका लागि उदाहरण समेत भएको स्पष्ट पारेका थिए ।

    मन्तव्यकै क्रममा संस्थाकी उपाध्यक्ष बलालले महिलाहरुलाई उद्यमी र स्वरोजगार बनाउन सहकारीले भूमिका खेल्न सक्ने बताउँदै महिला दिदीबहिनीहरुलाई सहकारीमा आबद्ध हुन आव्हान गरेकी थिइन् ।
    यसैगरी संस्थाका निवर्तमान अध्यक्ष श्री जनक बहादुर थापाले भारतीय फौजबाट रिटायर्ड भएका सम्पूर्ण भूपूहरुलाई एकिकृत गर्नकै लागि वीरगाथा बचत तथा ऋण सहकारी संस्था स्थापन गरिएको बताए ।

    का.वा. कोषाध्यक्ष शंकर प्रसाद भण्डारीले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीका सदस्यहरुका छोराछोरी जसले दस जोड दुर्इ र एमबिबिएस, बिइ (सिआइभी), पाइलट तथा एबबिएसमा उत्कृष्ट अंक ल्याउन सफल भए सबैलाई नगद सहित प्रमाण पत्रद्वारा सम्मानित गरिएको थियो ।

    त्यसैगरी ७५ वर्ष कटेका ६ जना ज्येष्ठ नागरिहरुहरुलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो । असल कारोबारी शीर्षकमा श्री लक्ष्मण थापालाई सम्मान गरिएको थियो भने श्री बाबुराम पाण्डेलाई असल बचतकर्ता र श्रीमति शोभा कुमारी थापालाई सक्रिय सदस्यको रुपमा नगद तथा प्रमाण पत्रले सम्मान गरिएको थियो । साथै संस्थाका ८ जना उद्यमी तथा व्यवसायी सदस्यहरुले पनि कार्यक्रममा सम्मान पाएका थिए ।

    २०६५ सालमा स्थापना भएको वीरगाथामा हाल शेयर सदस्य संख्या १४०५, शेयर पूँजी रु. ३,७२,००,६००।००, जगेडा कोषमा रकम १,६१,७६,४३५।००, कर्जा लगानी रकम ३०,३८,९५,१३२।००, घाटा पूर्ति कोषमा रु. १३,३०,९४५।५५, सहकारी प्रवर्धन कोषमा रु. १,११,७७५।१०, निक्षेपमा ३१,१६,८५,२६४।०० तथा कुल पूँजीमा ३८,६३,२६,४८८।३० रुपैया रहेको का.वा. कोषाध्यक्ष शंकर प्रसाद भण्डारीले बताए ।

    आजको वार्षिक साधारण सभामा उपस्थित ८९६ जना शेयर सदस्यहरुलाई जनही १ हजारको दरले यातायात भत्ता वितरण गरिएको थियो भने सदस्यहरुलाई १०.१३% शेयर लाभांश वितरण गर्ने निर्णय भएको स्रोतले बताएको छ । उक्त लाभांश रकम सदस्यहरुले कार्यालयमा सम्पर्क राखी लिन सक्ने छन् ।

    साधारण सभामा आगामी आ.व. २०८०/०८१ का लागि प्रस्तुत गरिएका प्रस्तावहरु संस्थाका अध्यक्ष राज बहादुर थापाको अनुमोदन सँगै सा.स. कार्यक्रम सम्पन्न भएको थियो ।

     

    प्रकाशित : शनिबार, ६ असोज २०८० , ०८:३४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend