Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

मेजर जनरलद्वारा बुटवल पेन्सन क्याम्पमा कम्प्युटर क्लबको समुद्द्घाटन , ECHS संचालित एडमन्ड सिटि अस्पतालको निरीक्षण र PPO को पहल

मेजर जनरलद्वारा बुटवल पेन्सन क्याम्पमा कम्प्युटर क्लबको समुद्द्घाटन , ECHS संचालित एडमन्ड सिटि अस्पतालको निरीक्षण र PPO को पहल


  • शुक्रबार, असोज १२ २०८०
  • 1.9K
    SHARES


    राज बहादुर थापा ।बुटवल ११ असोज । बुटवलको सुन्दर नगरी फुलबारी पेन्सन क्याम्पमा भारतीय Ex-Army र उहाँहरुको परिबारको लागि कम्प्युटर तालिम दिने हेतु 12 वटा कम्प्युटर सहितको कम्प्युटर क्लब स्थापना गरिएको छ। यस कम्प्युटर क्लबको समुद्दघाटन Maj Gen Alok Kacker, AVSM Col of the Regt 9 GR ले गर्नु भएको थियो भने उहाँको साथमा Col Ramesh CW6 Dir Lt Col VK Mishra , SO2 Col 9 GR Maj AMAP Navin Kuwar,  सु. मे. प्रेम बहादुर भण्डारी साहब हरुको पनि उपस्थिति थियो।

    नवौं गोर्खा राइफल संगठन (बुटवल ) ले उहाँहरुको टिमलाई Hotel Da flamingo योगिकुटीमा भब्य स्वागत गरि गेटटुगेदर कार्यक्रमको आयोजना गरेको थियो। यस कार्यक्रममा नेपाल भूपू महासंघ का पदाधिकारी महासचिब कुल बहादुर केसि, रुपन्देही भूपू महासंघमा अध्यक्ष क्या किसन बहादुर थापा उपाध्यक्ष, प्रताप बहादुर जि सि , जोनल मेम्बर सु मे पुरन साहि, बुटवल DSB का सेक्रेटरि सु. होम बहादुर दगामि, सैनामैना नगरपालिका प्रमुख ह क्या मोति प्रसाद राना भूपू द्वारा संचालित वीरगाथा साकोसका अध्यक्ष क्या राज बहादुर थापा एवम बीरनारी लगायत थुप्रै भूपू हरुको बाक्लो उपस्थिति थियो।

    साथै Maj Gen Alok Kacker, AVSM ज्यु ले पेन्सन क्याम्पमा रहेको पोलिक्लिनिक एवम फिलहाल संन्चालनमा आएको एडमन्ड सिटि अस्पताल को ECHS (Ex-serviceman contributory health sachem) डिपार्ट्मेन्टको पनि निरीक्षण गर्नु भयो। एडमन्ड सिटि अस्पताल मा ECHS भित्र पर्ने तर छुटेका केहि investigations, serology test , sergical items , urology, neurology gestroenterology लगायतका थुप्रै कमी कमजोरीको बारेमा सम्बन्धित निकायमा पहल गर्ने प्रतिबन्धता समेत जाहेर गर्नु भयो।

    यस्को अतिरिक्त केहि सालदेखि पेन्सन क्याम्पमा सिलान्यास भएर पनि अलपत्र परेर रहेको pension paying office (PPO) को बारेमा पनि सम्बन्धित निकायसम्म पहल गरि छिटोभन्दा छिटो PPO को स्थापना गर्ने बारे सम्पूर्ण उपस्थित (veterans ) पेन्सनरहरुलाई बृफिङ गर्नु भयो। उहाँले गोर्खा पल्टन र गोर्खालीप्रति मेरो आन्तरात्मा देखिको सम्बन्ध रहेको , विश्वमा वीर गोर्खाली भनेर चिनिने हाम्रा India Army का veterans र उहाहरुका परिबारप्रति मेरो भावनाको साइनो रहेको बताउनु भयो। साथै गोर्खा पल्टन र गोर्खालीको लागि हमेशा साथ सहयोग दिने बाचा गर्नुभयो। समग्रमा उहाँहरुको भिजिट सफल सुरक्षित र गौरबपूर्ण रह्यो।

     

     

     

    प्रकाशित : शुक्रबार, १२ असोज २०८० , ०३:५१ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend