Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

भारतको मुम्बई शहर छोडेर ‘बिपत’ नेपाल स्थित आफ्नै गाउँमा कमाउँछन् दैनिक ८००

भारतको मुम्बई शहर छोडेर ‘बिपत’ नेपाल स्थित आफ्नै गाउँमा कमाउँछन् दैनिक ८००


  • शनिबार, असोज १३ २०८०
  • 559
    SHARES

    असोज १३, मर्चवारी । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं. २, पाण्डेय पिपरहवाँमा नास्ता पसल सञ्चालनमा आएको छ । सोही ठाउँका एक स्थानीय युवा विपतले उक्त नास्ता पसल सञ्चालनमा ल्याएका हुन् । विपतले स्वारोजगारी अन्तर्गत आफै मालिक भइ आफ्नै घुम्ती पसल चलाएको भर्खर २ महिना भएको छ ।

    बिगत २ महिनादेखि ताजा स्वादिस्ट नास्ता घरघरमा उपलब्ध हुन थाले पछि स्थानीयहरु खुशी छन् ।यस अघि बिपत रोजगारीको सिलसिलामा भारतको मुम्बइमा काम गर्दै आएका थिए । एक स्टील फ्याक्ट्रीमा काम गरे बापत दिनको ६०० रुपैँया कमाउँदै आएको उनले बताए । उनले भने–कम्पनीमा काम गर्दा यहाँभन्दा धेरै मिहेनत गर्नु पर्दथ्यो । छुट्टी लिएर खेतीपातीको सिजनमा नेपाल स्थित आफ्नो गाउँ आउनु पर्थ्यो ।
    बिपतको भनाइ अनुसार उनी बिगत १० वर्षदेखि मुम्बइमा काम गर्दैै आएका थिए ।

    अहिले आफ्नै गाउँ, आफ्नै परिवारमा सँगै बसेर दिनको ८०० रुपैँया कमाउँदै छन् । विपतले आफ्नै गाउँमा एक ठेला बनाई सबैको घरदैलोसम्म खाजा नास्ता पुर्याउँछन् । उनले खाजा नास्ता एकदम स्वादिलो र चटपटे बनाउँछन् । स्थानीयहरु भन्छन्—पहिला हामीलाई खाजा नास्ता गर्न पल्लो चोकमा जान पर्थ्यो तर अब घरमै अति नै स्वादिलो नास्ता पाइन्छ ।

    प्रकाशित : शनिबार, १३ असोज २०८० , ०९:१८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend