Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

एनसेलद्वारा काठमाडौं, भैरहवा र जनकपुरमा बम्पर पुरस्कार हस्तान्तरण

एनसेलद्वारा काठमाडौं, भैरहवा र जनकपुरमा बम्पर पुरस्कार हस्तान्तरण


  • बिहिबार, कार्तिक २३ २०८०
  • 806
    SHARES

    काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत मंगलबार थप ३ जना ग्राहकलाई बम्पर पुरस्कारमा स्कुटर प्रदान गरेको छ ।  बम्पर पुरस्कार काठमाडौंको नयाँ बानेश्वर, भैरहवा र जनकपुरस्थित एनसेल सेन्टरमा आयोजित भिन्नाभिन्नै कार्यक्रममार्फत् हस्तान्तरण गरिएको हो ।

    एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले नयाँ बानेश्वर एनसेल सेन्टरमा ललितपुरका आकाश तामाङ्लाई बम्पर पुरस्कार स्कुटर हस्तान्तरण गरेका छन् भने एनसेल सेन्टर भैरहवाबाट अभिनेत्री केकी अधिकारीले बाँकेकी मिना त्रिपाठीलाई बम्पर पुरस्कार स्कुटर हस्तान्तरण गरेकी हुन् ।

    त्यसैगरी सप्तरीका सुदिप कुवार क्षेत्रीलाई अभिनेत्री प्रियंका कार्कीले एनसेल सेन्टर जनकपुरमा आयोजिक कार्यक्रममा बम्पर पुरस्कार स्कुटर हस्तान्तरण गरेकी थिइन् । यो योजना एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा ब्रान्ड प्रतिबद्धता ‘हामी तपाईंकै लागि’ अन्तर्गत संचलान गरिएका पहलहरू मध्ये एक हो र यो भाद्र ३१ देखि २८ दिनसम्म संचालनमा रहेको थियो ।

    “यो योजना अर्थपूर्ण तरिकाले ग्राहकहरुको मन जित्ने हाम्रो प्रयासको एक प्रमाण हो,” जाब्बोरले भने “यो कस्टमर इन्गेजमेन्ट योजनामार्फत हामीले एनसेलका बारेमा ग्राहकका बिचारहरु हजारौ नाराका रुपमा पाएका छौं र हामी उहाँहरुको भावनालाई सधैं कदर गर्दछौं ।” यस योजनामा प्रत्येक ग्राहकलाई दैनिक स्योर प्राइज प्रदान गरिएको थियो र एनसेल सम्बन्धी उत्कृष्ट नारा पठाउने १,००० ग्राहकहरुलाई हरेक हप्ता रु १०० बोनस ब्यालेन्स प्रदान गरिएको थियो ।  यस योजना अन्तर्गत दैनिक रुपमा ग्राहकहरुलाई प्रदान गरिएको स्योर प्राइजहरुमा डिजिटल सेवाहरू, ब्यालेन्स, डाटा, टक टाइम र एसएमएसहरु रहेका थिए ।

    साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका लागि योग्य हुन ग्राहकहरुले सर्त अनुसार एनसेलको बारेमा नारा पठाउन पठाएका थिए र यस अवधिमा देशभरका ग्राहकबाट कम्पनीले ४५ हजार भन्दा बढी नाराहरु प्राप्त गरेको थियो ।

    साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका विजेताहरू क्रिएटिभ एजेन्सीमार्फत गरिएको नाराहरुको मूल्याङ्कन र विजेता छनोट प्रक्रियाको एक अडिट फर्मद्वारा गरिएको परीक्षणको आधारमा छानिएका थिए । यस योजना अन्तर्गत एनसेलले बम्पर पुरस्कार स्वरूप ७ जना विजेतालाई स्कुटर उपलब्ध गराउने घोषणा गरेको थियो । मंगलबार एनसेलले विराटनगर, धनगढी र हेटौडामा बम्पर प्राइज हस्तानतरण गरेको थियो । बाँकी रहेका १ जना विजयेतालाई बिहीबार पोखरामा पुरस्कार हस्तानतरण गरिनेछ ।  एनसेलले बुधबार दिउँसो जनकपुर र भैरहवास्थित एनसेल सेन्टरमा ग्राहक भेटघाट कार्यक्रमको पनि आयोजना गरेको थियो । यस कार्यक्रममा अभिनेत्री प्रियंका कार्कीले जनकपुरको एनसेल सेन्टरमा र अभिनेत्री केकी अधिकारीले भैरहवा एनसेल सेन्टरमा आएका ग्राहकहरुसँग अन्तरक्रिया गर्नुका साथै ती सेन्टरहरुबाट बुधबार रु. १०० भन्दा बढीको रिचार्ज गर्ने ग्राहकहरुलाई एनसेलका विभिन्न उपहारहरु प्रदान गरेका थिए ।

    प्रकाशित : बिहिबार, २३ कार्तिक २०८० , ०३:४९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend