Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

विभिन्न स्थानबाट जुवाडेहरु पक्राउ

विभिन्न स्थानबाट जुवाडेहरु पक्राउ


  • आइतबार, कार्तिक २६ २०८०
  • 221
    SHARES

      लोक सारथी

    युग अनुसार व्यवहार गर्न सक्ने मानिसहरु नै हुन् । सम्भवतः यही कारण हो पवित्र चित्तवृत्ति विरलैमा पाइन्छ । कलि हो, कलियुगको प्रभाव त देखा पर्ने नै भो । आत्मज्ञानी भएर होइन डर र त्रासमा रहेर मात्र मानवले परमतत्वको नाम लिन्छन् । भाकल हाल्छन् अनि इच्छाएको पूरा होस् भन्छन् । मन्दिरहरुमा दुष्कर्म हुन्छ । धर्मको नाम अनैतिक क्रियाकलापले प्रश्रय पाउँछ । पावन पर्वहरुमा मानिसहरु मदिरा, मांस जस्ता अभक्ष्य खाने कुराहरु सेवन गर्छन् अनि जीवनलाई खुशी दिने प्रयन्त गर्दछन् । आज दीपावली, लक्ष्मी माताको पूजन रात्रि ।

    जसै दीपावलीको अवसर आइपर्छ मानिसहरु जुवा ताशमा रमाउन थाल्दछन् । देशका विभिन्न स्थानहरुमा जुवा खेलेर समय बिताउने, रमाउनेहरुको संख्या थोरै छैन । दिनभरी, रातभरी जुवा खेलेर हजारौं रुपैँया कि जित्छन् कि हार्दछन् । प्रहरीले छापा मारिहाल्यो भने पक्राउ पर्छन्, नत्र गोप्य रुपमा उनीहरुको यो कर्म जारी नै रहन्छ ।
    त्यस्ता जुवाडेहरुलाई खोजी गरि पक्राउ गर्न प्रहरीहरु कतै सक्रिय हुन्छन् भने कतै वास्ता नै गर्दैनन् । देशका विभिन्न स्थानबाट जुवाडेहरुलाई प्रहरीलाई नियन्त्रणमा लिएको छ ।

    लमजुङ, मध्यनेपाल नगरपालिका-६ मिलनटोल बस्ने लक्ष्मण कुँवरको घरमा जुवातास खेलिरहेको अवस्थामा कुँवरसमेत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भोर्लेटारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६० हजार ६ सय ८५ रूपैयाँ १ बुक ताससहित पक्राउ गरेको हो ।

    चितवन, भरतपुर महानगरपालिका-१८ शसिनगरस्थित बिमल पराजुलीको गोठमा कौडा खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१८ बस्ने ४६ वर्षीय प्रकाश विष्ट समेत ११ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय फुलबारी, ईलाका प्रहरी कार्यालय चनौली र अस्थायी प्रहरी चौकी शारदानगरबाट संयुक्त रूपमा खटिएको टोलीले उनीहरूलाई नगद ३७ हजार ६ सय २५ रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो ।

    पर्सा, बहुदरमाई गाउँपालिका-४ बहुअरीस्थित बाँसघारीबाट कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय जोलेन्द्र प्रसाद यादव समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डकैलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १४ हजार ८ सय ५ रूपैयाँ र कैडा १ थानसहित पक्राउ गरेको हो ।

    सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१२ कहरे खोला बस्ने ३१ वर्षीय टंक प्रसाद पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा पौडेलसमेत ७ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार ८ सय २० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

    ललितपुर, ललितपुर महानगरपालिका-१४ नख्खिपोटस्थित युनसान रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ७ जना महिला र ३ जना पुरूष गरी जम्मा १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३ हजार ४ सय २० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

    कालिकोट, खाँडाचक्र नगरपालिका-३ ताडी बजार बस्ने ३९ वर्षीय जग प्रसाद पाण्डेको घरमा जुवातास खेलिरहेको अवस्थामा पाण्डे समेत ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार १ सय ४० रूपैयाँ र २ गड्डी ताससहित पक्राउ गरेको हो ।

    प्रकाशित : आइतबार, २६ कार्तिक २०८० , ०७:३९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend