Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

सुन पसलमा आगलागी हुँदा प्रहरीसहित २८ जना घाइते

सुन पसलमा आगलागी हुँदा प्रहरीसहित २८ जना घाइते


  • सोमबार, कार्तिक २७ २०८०
  • 312
    SHARES

    विराटनगर । मोरङको उर्लाबारी ७ स्थित सुन पसलमा आगलागी हुँदा प्रहरीसहित २८ जना घाइते भएका छन् । आगोको लप्काले भेट्दा जलेर गम्भीर घाइते भएकाहरुको झापा र मोरङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । काठमाडौं लैजान पर्ने घाइतेका लागि अस्पतालसँग कोसी प्रदेश सरकारले समन्वय सुरु गरेको छ ।

    इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार लक्ष्मीपूजाको दिन (आइतबार) राति इटहरा रोडका दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी भएको हो ।‌

    आगो निभाउन खटिएका प्रहरी सहायक निरीक्षकसहित चार प्रहरी र थप २४ स्थानीय जलेर घाइते भएको इलाका प्रहरी कार्यलय उर्लाबारीका प्रमुख देबेन्द्र दासले जानकारी दिए । घटनमा उद्धारमा खटिएका प्रहरी सहायक निरीक्षक चुडामणि प्रधान, प्रहरी सहायक हवल्दार मनबहादुर घिसिङ, प्रहरी जवानहरू रितिकिरण राई र दिलकुमार आचार्य घाइते छन् ।

    घाइतेमध्ये १२ जना बीएन्डसी अस्पताल बिर्तामोड,पाँच जना न्युरो आर्या विराटनगर,  सातजना विराट नर्सिङ होम विराटनगर, विराटनगरको रेडप्लस अस्पतालमा दुईजना,  लाइफलाइन अस्पताल दमकमा एकजना र गोदावरी अस्पताल उर्लाबारीमा एकजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    आगोको लप्काले भेट्दा चारजनाको शरीर करिब ५० प्रतिशतभन्दा बढी जलेको छ । उनीहरूलाई कोसी प्रदेश सरकारको समन्वयमा थप उपचारका लागि काठमाडौं लग्ने तयारी थालिएको छ ।

    मुख्यमन्त्री केदार कार्कीले घाइतेको उपचारमा कुनै समस्या हुन नदिन सरकारले अस्पतालहरूसँग समन्वय गरेको बताए । उनले भने, “चिकित्सकको सल्लाहअनुसार काठमाडौं लग्न पर्ने भए बर्न अस्पतालमा उपचार प्रबन्ध गर्न हामीले समन्वय गरिरहेको छौँ ।”

    प्रकाशित : सोमबार, २७ कार्तिक २०८० , १०:३३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend