Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

दीपावली पर्वमा असावधानीका कारण बाँकेको तीन स्थानहरुमा आगलागी

दीपावली पर्वमा असावधानीका कारण बाँकेको तीन स्थानहरुमा आगलागी


  • सोमबार, कार्तिक २७ २०८०
  • 416
    SHARES

    नेपालगन्ज । दीपावलीको अवसरमा असवाधानी अपनाउँदा बाँकेको ३ स्थानमा आगलागी भएको छ । लक्ष्मीपूजाको लागि जलाइएको दियोबाट आगो सल्केर बाँकेको खजुरा र बैजापुरका २ पसलमा आगलागी भएको छ भने नेपालगन्जको एक पसलमा विद्युत सर्ट भएर आगलागी भएको छ ।

    नेपालगन्जको घरबारीटोलमा गएराति आगलागी भएको प्रहरीले जानकारी दिएको छ । घरबारीटोलस्थित सौगात इलेक्ट्रो हबमा आगलागी भएको हो । ध्रुब दाहालले संचालन गर्दै आएको उक्त पसलको सटर बन्द अवस्थामा रहेको हुँदा बिजुलीको तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार आगलागीबाट पसल पूर्णरूपमा क्षति भएको छ । दुईवटा दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो ।

    आजै राति बाँकेको राप्तीसोनारी स्थित बैजापुरको एउटा पसलमा आगलागी भएको छ । राप्तीसोनारी ४ बैजापुरमा स्थानीय दयानन्द थारुले संचालन गरेको पसलमा आगलागी हुँदा पसलमा रहेको समान नष्ट भएको बाँके प्रहरीले जानकारी दिएको छ ।

    गएराति मात्र बाँकेको खजुरामा लक्ष्मीपूजाका लागि जलाइएको दियोबाट सल्केर विष्णु बर्माले संचालन गरेको बर्मा हार्डवेयर पसलमा आगलागी भएको थियो ।

    आगलागीबाट मानवीय र पशु चौपायाको भने क्षति नभएको प्रहरीले जनाएको छ ।

    प्रकाशित : सोमबार, २७ कार्तिक २०८० , ११:४५ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend