Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

कर्जाको ब्याजदर १ प्रतिशत घट्यो, अझै घट्छ : अध्यक्ष केसी

कर्जाको ब्याजदर १ प्रतिशत घट्यो, अझै घट्छ : अध्यक्ष केसी


  • शुक्रबार, मंसिर १५ २०८०
  • 325
    SHARES

    काठमाडौँ : नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पछिल्लो एक वर्षमा कर्जाको ब्याजदर १ प्रतिशत घटेको बताएका छन्।

    शुक्रवार नेपाल आर्थिक पत्रकार समाज सेजनको २७ औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन्। उनले अहिले बैंकको आधारदर (बेसरेट) एकल अंकमा आएको भन्दै बैंकको ब्याजदर अझै घट्दै जाने दाबी गरे।

    उनले आगामी दिनमा नेपालको आर्थिक क्षेत्रको विकास र चलायमान बनाउनका लागि सहयोग पुग्ने अपेक्षा रहेको उल्लेख गरे। उनले अर्थतन्त्रका धेरै सूचक सकारात्मक रूपमा अगाडि बढेको भन्दै नेपालको बैंकिङ क्षेत्रमा लगानी योग्य रकम प्रशस्त रहेको बताए।

    उनले बैंकहरूमा पछिल्लो समय खराब कर्जा लगायतका चुनौती रहेको बताए। उनले गत वर्षको तुलनामा बैंकहरूको नाफा २८ प्रतिशतले घटेको बताए। उनले दक्षिण एशियाका अन्य देशहरूभन्दा राम्रो गरिरहेको अवस्था भए पनि सजग हुनुपर्ने अवस्था रहेको उल्लेख गरे। पछिल्लो समय सडकबाट हुने आक्रमणले पनि बैंकिङ क्षेत्रको मनोबल कमजोर बन्दै गइरहेको उल्लेख गरे।

    केसीले भने, ‘पछिल्लो समय उच्च भनिएको बैंकको ब्याजदर अहिले आएर घट्ने क्रममा छ। अघिल्लो वर्षदेखि अहिलेसम्म कर्जामा लिने ब्याज १ प्रतिशतभन्दा अधिकले घटिरहेको अवस्था छ। बैंकको बेसरेट पनि घटेर एकल अंकमा आइसकेको छ। बैंकको ब्याजदर घट्ने क्रम जारी छ। यसले आगामी दिनमा नेपालको आर्थिक क्षेत्रको विकास र चलायमान बनाउन सहयोग पुग्नेछ। अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक रूपमा अगाडि बढेको छ।’

    उनले बैंकहरूले ऊर्जामा ३ खर्ब लगानी गरेको बताए। उनले देशको विकासका लागि वैदेशिक लगानी आवश्यक रहेको पनि बताए।

    प्रकाशित : शुक्रबार, १५ मंसिर २०८० , ०६:२५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend