Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

शिवम् सिमेन्ट्सको सहायक कम्पनी शिवम् होल्डिङ्सले आईपीओ निष्कासन गर्ने

शिवम् सिमेन्ट्सको सहायक कम्पनी शिवम् होल्डिङ्सले आईपीओ निष्कासन गर्ने


  • शुक्रबार, मंसिर १५ २०८०
  • 403
    SHARES

    काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडको करिव ८५ प्रतिशत शेयर लगानी रहेको शिवम् होल्डिङग्स लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ । जारी पुँजी रु. ५ अर्व ८० करोडको २० प्रतिशत बराबर हुने रु. १०० का दरको एक करोड सोह्र लाख थान साधारण शेयर जारी गर्न लागिएको हो । त्यसका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा सार्वजनिक निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको कम्पनीले जनाएको छ ।  जसअनुसार शिवम् होल्डिङस् लिमिटेडका संचालक अध्यक्ष शिवरतन शारदाको उपस्थितीमा सिद्धार्थ क्यापिटल लिमिटेडसँग शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार कम्पनीले सर्वसाधारणमा शेयर निष्कासन गरी बजारमा छरिएर रहेको स–साना पूँजीलाई संकलन गर्दै लगानी थप विस्तार गरी देशको अर्थतन्त्रमा योगदान पु¥याउदै मुनाफा आर्जन गर्ने विश्वास लिएको छ ।

    शिवम् होल्डिङग्स २०७१ सालमा प्रा.लि. कम्पनी अन्तरगत दर्ता भई २०७९ सालमा पब्लिक लिमिटेडमा नियमानुसार परिणत भएको कम्पनी हो । यस शिवम् होल्डिङग्स लिमिटेडको अधिकृत तथा जारी पूँजी रु. ५ अर्व ८० करोड मध्ये संस्थापकहरु तर्फ ८० प्रतिशत अर्थात रु. ४ अर्व ६४ करोड र सर्व साधारण तर्फ रु. १ अर्व १६ करोड शेयर पूंजी छुट्याई प्रिमियम मूल्यमा निष्कासन गर्ने प्रक्रिया प्रारम्भ गरेको हो ।

    कम्पनीका संस्थापकहरुमा शिवम् सिमेन्ट्स लिमिटेडको संस्थागत शेयर लगानी करिव ८५ प्रतिशत र अन्य १९ जना विभिन्न उद्योग, व्यापार र पेशा व्यवसायमा सफल रहेका व्यक्तिहरुको व्यक्तिगत करिव १५ प्रतिशत शेयर लगानी रहेको छ ।

    प्रकाशित : शुक्रबार, १५ मंसिर २०८० , ०८:०६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend