Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

भूपू सैनिक बहुउद्देश्यीय सहकारी संस्थाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

भूपू सैनिक बहुउद्देश्यीय सहकारी संस्थाद्वारा रक्तदान कार्यक्रम सम्पन्न


  • सोमबार, मंसिर १८ २०८०
  • 728
    SHARES

     

    मंसिर १८, रुपन्देही । श्री भूपू सैनिक बहुउद्देश्यीय सहकारी संस्थाद्वारा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । आज तिलोत्तमा–१, ड्राईवरटोल, अमूल्यनगर, रुपन्देहीमा रहेको आफ्नै कार्यालयको प्राङ्गणमा उक्त रक्तदान कार्यक्रम गरिएको हो । ५१ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । सेवा निवृत्त भएका भारतीय भूपू सैनिकहरु मिलेर स्थापना गरिएको उक्त सहकारीले प्रत्येक वर्ष नियमित रक्तदान गर्दै आएको संस्थाका अध्यक्ष सु.मे. राजकुमार केसीले जानकारी दिनुभयो ।

    आर्थिक उन्नतिसँगै सामाजिक विकासमा योगदान दिदै संस्थाले मानव सेवा आश्रम, गौशाला, मैनादेवी अनाथ आश्रम लगायतका क्षेत्रहरुमा बेलाबेलामा सहयोग गर्दै आइरहेको संस्थाका सक्रिय सदस्य श्री तेज बहादुर कार्कीले बताउनुभयो ।

    उक्त रक्तदान कार्यक्रमलाई सफल पार्न स्थानीय नवजीवन युवा क्लब र कराङ्गतुङ्ग युवा क्लबका सदस्यहरुले विशेष भूमिका निर्वाह गरेका थिए । उक्त रक्तदान कार्यक्रम क्या. भिमबहादुर भण्डारी, तेज बहादुर कार्की र क्या. हरि बहादुर केसीको संयोजकत्व तथा मेजर जेनी खडकाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
    आगामी दिनहरुमा पनि यस्तै सामाजिक सेवाका कार्यक्रमहरुलाई थप तीव्रता दिने संस्थाका सचिव क्या.कृष्ण बहाुदर अधिकारीले बताउनु भयो ।

    प्रकाशित : सोमबार, १८ मंसिर २०८० , ०१:४१ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend